नेपाल – एमएडब्लू अर्थमुभर्स प्रा.लि.ले JCB इन्डियासँगको सहकार्यमा JCB NXT सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।
कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ भने उक्त प्रदर्शनी पश्चात् JCB एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने छ। कार्यक्रममा JCB इन्डियाका सीईओ तथा एमडी श्री दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रा.लि.का अध्यक्ष श्री विष्णु अग्रवालको विशेष सहभागिता रहने छ।
“लिडर इन एक्साभेटर” भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने JCB को प्रतिबद्धतामा प्रकाश पार्नेछ। JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।
JCB NXT शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने JCB को समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







