सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

सन नेपाल लाइफ इन्स्योरेन्सले आइसीसी २०२४ एसिया बीमा कार्यक्रममा संलग्न बीमा कम्पनीहरूमध्ये उत्कृष्टताको आधारमा तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारहरू सफलतापूर्वक जितेको छ। 

कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति,’ ‘बीमामा महिला नेतृत्व,’ र ‘उत्कृष्ट ग्राहक मैत्री जीवन बीमा सेवा’ जस्ता क्षेत्रमा उच्च सम्मान प्राप्त गरेर आफ्नो व्यावसायिक उत्कृष्टताको लागि प्रमाणित भएको छ । उक्त पुरस्कार एक विशेष कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरे ।

यो प्रतिष्ठित उपलब्धिले नवीन रणनीति, समावेशी नेतृत्व र ग्राहक केन्द्रित सेवामा उच्चतम मापदण्डहरू स्थापित गर्ने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ।

यसले नेपाललाई बीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मान्यता दिनेछ र ग्राहकहरूको विश्वासलाई बलियो बनाउन पनि प्रेरित गर्नेछ। यसका साथै, सन नेपाल लाइफ स्टाइलले देशभरका १३९ शाखा र उप शाखा कार्यालयहरू मार्फत जीवन बीमा सेवाहरू प्रदान गरेर आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै