
काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय नेपाल लाइफद्वारा एक दिवसीय Sales Transformation Session सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१/८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल सेल्स हेड उमापति पोखरेल लगायत उच्च व्यवस्थापकहरु तथा प्रादेशिक प्रमुखहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालले प्रतिकूल आर्थिक अवस्थाको बावजुद पनि कम्पनीले प्राप्त गरेको उपलब्धिका निम्ति अहोरात्र खट्ने सम्पूर्ण नेपाल लाइफकर्मीलाई अन्तरमनदेखि धन्यवाद ज्ञापन गरे । उनले नेपाल लाइफ जीवन बीमा उद्योगको मार्ग प्रदर्शकको रुपमा रहेको र अहिले हासिल गरेको उपलब्धि भन्दा धेरै माथिको उपलब्धि ल्याउन सक्ने प्रचुर सम्भावना बोकेको कुरा समेत बताए । उनले ग्राहक मैत्री सेवाहरू प्रवाह गर्नका निम्ति कुनै पनि किसिमको सहयोग गर्न संचालक समिति सदैव तयार रहेको बताए । नेपाल लाइफको टिम बीमा उद्योगमानै सबैभन्दा उत्कृष्ट रहेको र यस टिमको परिचालनले उद्योगमा आमूल परिवर्तन ल्याउनेमा आफू निर्धक्क रहेको र सो लक्ष्य प्राप्तिका निम्ति सहजकर्ताको भूमिका निर्वाह गर्न संचालक समिति सकारात्मक रहेको बताए ।
यस सशक्त सेल्स टिमले आगामी दिनमा अथक मेहनत र परिश्रम गर्दै जीवन बीमाको बजारीकरण, सचेतना तथा बीमा बजारको विकाश र बीमाको पहँुचलाई आम नागरिक बीच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिऐ । समस्त सरोकारवालाहरूलाई उच्चतम प्रतिफल प्रदान गर्ने अभिप्रायका साथ कम्पनीले लगानीलाई विविधिकरण गर्दै लगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
बैंकमा तरलता बढ्दै गर्दा लगानीको प्रतिफलमा कमी नआओस् र लगानीको प्रतिफल झन् वृद्धि होस् भन्ने हेतुलेनै कम्पनीले शिक्षा, हाइड्रोपावर तथा जग्गाहरूमा नेपाल बिमा प्राधिकरणको लगानी सम्बन्धी निर्देशिकाको अधीनमा रहेर लगानी गर्दै आएको बताउनुभयो । साथै कम्पनीको गौरवशाली इतिहासलाई कायम राख्दै बीमा बजारको विस्तारमा सम्पूर्ण नेपाल लाइफकर्मीलाई लाग्न पनि आग्रह गरे ।
कार्यक्रमामा बोल्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले उत्कृष्ट प्रदर्शन गरेको र सोलाई मूर्तता प्रदान गर्न सहयोग गर्ने अभिकर्ताहरु, कर्मचारीहरु तथा समस्त सरोकारवालाहरुलाई धन्यवाद तथा शुभकामना व्यक्त गरे । आम नेपाली नागरिक बीच अझै पनि बीमा सम्बन्धी सचेतना पर्याप्त रुपमा नपुगेको हुँदा बीमा बजारमा प्रचुर सम्भावना रहेको बताए ।
यस कम्पनीले इनोभेटिभ प्रोडक्टहरू मार्केटमा ल्याइरहेको र आगामी दिनमा पनि यस्ता प्रोडक्टहरु मार्केटमा ल्याएर बीमा बजारको विस्तारमा भूमिका निर्वाह गर्नका निम्ति कार्यारम्भ भइसकेको बताए । लगानीको प्रतिफललाई उच्च राख्न लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै विभिन्न कार्यहरू गरेको कुरा समारोहमा व्यक्त गरे ।
कर्मचारीहरूको दक्षता अभिवृद्धि गर्नका निम्ति विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको र यसलाई निरन्तरता समेत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बीमा बजारको उत्कृष्ट टिमको रुपमा नेपाल लाइफको टिम परिचित रहेको र कम्पनीद्वारा निर्धारण गरिएको लक्ष्य सहजै प्राप्त हुनेमा पनि आफू विश्वस्त रहेको बताए । कम्पनीले निर्धारण गरेको लक्ष्य प्राप्तिका निम्ति चाहिने सम्पूर्ण पूर्वाधार निर्माणमा कम्पनी लागि परेको समेत बताए ।
कम्पनीले आफ्नो आन्तरिक तथा बाह्य प्रणालीलाई समय सापेक्ष बनाउनका निम्ति मष्नष्तबष्शिबतष्यल को कार्य थालनी गरिसकेको बताए । निकट भविष्यमा बीमितहरुले यस कम्पनीद्वारा प्रदान गरिने सेवाहरु प्राप्त गर्न शाखा धाउन पर्ने अवस्थाको अन्त्य हुने र बीमितहरुले घरै बसी बसी सम्पूर्ण सेवा थप छिटोछरितो चुस्त र दुरुस्त तवरले प्राप्त गर्ने कुरा बताए ।
कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरु तथा प्रादेशिक प्रमुखहरुले आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । कम्पनीको उच्च व्यवस्थापनद्वारा दिईएको मार्गदर्शनलाई शिरोधार्य गर्दै सेल्स टिम दत्त चित्त भई जीवन बीमा बजारको बजारीकरण तथा बीमाको पहुँचलाई बढाई यस कम्पनीको भिनबअथ लाई थप उचाइमा पु¥याउन कुनै कसर बाँकि नराखी कार्यसम्पादन गर्न सम्पूर्ण नेपाल लाइफकर्मी तयार रहेको कुरा नेशनल सेल्स हेड उमापति पोखरेलले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- लड्केश्वर धाममा २०८३ मा दोस्रो कोटिहोम
- ‘हज कार्यलाई व्यवस्थित बनाउन समयानुकूल नीति, नियम र प्रबन्ध मिलाउन आवश्यक’
- विद्युत नियमन आयोग र इमानबीच भेटवार्ता : दीर्घकालीन सहकार्यका विषयमा छलफल
- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्झौता
- नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु : २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्याइने
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
- नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला (एनआइटीएफ) को आज अन्तिम दिन