
काठमाडौं, माघ १८, २०८१ सन नेपालले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको AML/CFT (Anti-Money Laundering & Combating the Financing of Terrorism) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको थियो, जसमा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (CEO) राज कुमार अर्याल ले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, उद्योगका वर्तमान प्रवृत्तिहरू, र व्यवसायिक नैतिकता सम्बन्धी मार्गदर्शन प्रदान गरेका थिए।
साथै, उनले सम्पत्ती शुद्धीकरण (AML) तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (CFT) सम्बन्धी नीतिहरू, नियमनकारी निकायहरूद्वारा लागू गरिएका नयाँ प्रावधानहरू, तथा बीमा प्रतिनिधिहरूले अवलम्बन गर्नुपर्ने नैतिक व्यापार अभ्यासहरूबारे महत्वपूर्ण जानकारी प्रस्तुत गरेका थिए।
सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो सम्पूर्ण अभिकर्ता तथा शाखा व्यवस्थापकहरूलाई अद्यावधिक ज्ञान प्रदान गर्दै वित्तीय पारदर्शिता, नैतिक व्यापार अभ्यास, तथा नियम–कानुनको पालना गर्ने संस्कार विकास गर्ने प्रतिबद्धता जनाएको छ। बीमा व्यवसायमा पारदर्शिता तथा उत्तरदायित्व बढाउनका लागि यस्ता अभिमुखिकरण कार्यक्रमहरू आवश्यक छन् भन्ने संस्थाको विश्वास रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्लोबल आइएमई बैंकद्वारा २०८२ सालको क्यालेन्डर सार्वजनिक
- म्यानमारमा नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो-२०२५ हुँदै
- नेपालमा दिगो वित्तीय समाधान प्रवर्द्धन गर्न NMB बैंक, IFC, र EU को साझेदारी
- मुक्तिनाथ विकास बैंकद्धारा कञ्चरपूरमा बैशाखी वितरण कार्यक्रम सम्पन्न
- सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा PAN अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
- नेपालमा भित्रियो बर्ली एयर कूलर, भब्य रुपमा सार्वजनिक
- बिहीबारदेखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
- राष्ट्रिय वाणिज्य बैंकद्वारा ग्लोबल मनी विकमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन