काठमाडौँ । नेपाली सेनाले आज आइतबारदेखि गोरखा–काठमाडौ एकीकरण पद यात्रा सुरु गरेको छ । पृथ्बीनारायण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गर्दा प्रयोग गरेको पैदलमार्ग हुँदै आइतबार बिहान ९ः५० बजे पदयात्रा सुरु गरेको नेपाली सेनाको रिपुमर्दन गणका गणपति अशोककुमार क्षेत्रीले जानकारी दिए।
उनका अनुसार नेपाली सेनाको ब्याण्डबाजा, पञ्जेबाजा बजाउँदै हनुमान चौताराबाट निस्केर टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले अश्राङ हुँदै बोर्लाङको घाटबेशी पुग्ने उनले बताए । साँझ कार्यक्रम गरी धादिङको टोलीलाई टर्च र झण्डा दिएर गोरखाको टोली फित्र्ता हुने नेपाली सेनाले जनाएको छ ।
पृथ्बीनारायण शाहकालीन पोशाकमा सजिएका सेनाले पृथ्बीनारायण शाहले स्थापना गरेको पुरानो गोरखगण, बर्दबहादुर गण, सबुज गण, कालीबक्स गण र श्रीनाथ गणको झण्डा राष्ट्रिय झण्डा र टर्चसहित नेपाली सेनाका पश्चिम पृतनापति माथबरसिंह कार्की र गोरखा नगरपालिका नगरप्रमुख कृष्ण रानाले एक कार्यक्रमविच झण्डा र टर्च हस्तान्तरण गरेको रिपुमर्दन गण गोरखाले जनाएको छ ।
गोरखाबाट पठाइएको टर्च र झण्डा २६ गते साँझसम्म काडमाडौंको हनुमान ढोका पुर्याइने छ । २७ गते हनुमान ढोका परिसरमा हुने राष्ट्रिय एकता दिवस तथा पृथ्बी जयन्ती मूल समराहोमा सार्दुजंग गुल्मले उक्त टर्च र झण्डासहित प्रस्तुति गर्ने कार्यक्रम रहेको छ ।
पर्यटन प्रबर्धन गर्ने उद्देश्यसाथ २०७६ सालबाट नेपाली सेनाले एकीकरण पदयात्रा गर्दै आएको छ । जिल्लामा रहेका ११ वटै पालिकाको समन्वय तथा गोरखा नगरपालिका र भिमसेन थापा गाउँपालिकाको बिशेष आयोजनामा नेपाली सेनाले गोरखा काठमाडौं एकीकरण पदयात्रा सुरु गरेको रिपुमर्दन गण गोरखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





