काठमाडौँ । माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ। माघी आउन अझै १० दिन बाँकी रहेपनि पश्चिम नेपालका थारु बाहुल्य जिल्ला बाँके र बर्दियालगायतका अधिकांश थारु गाउँ बस्तीमा माघी पर्वको तयारीसँगै रमझम पनि सुरु भएको छ ।
दुबै जिल्लाका अधिकांश थारु बस्तीमा माघीका लागि आवश्यक माछा मार्नेलगायत कामको चटारो छ । माघी आउन केही दिन अझै बाँकी रहे पनि तयारी तीव्र रुपमा सुरु गरिएकाले रमझम बढेको बाँके मैटहवाका थारु अगुवा राजेन्द्र चौधरीले बताए। माघीको तयारी स्वरुप माछा मार्नेदेखि लिएर रोटी पकाउनेलगायतका काम चलिरहेको र नाचगानको पनि रमझम सुरु भइसकेको चौधरीले बताए।
बाँके नौबस्ताका अर्का थारु अगुवा शङ्करसिंह थारुका अनुसार जिल्लाका अधिकांश थारू गाउँमा अहिले माघीकै लागि सुँगुर घरघरमा बाँधेका देखिन्छन् भने महिलाहरु दुना टपरी गाँस्न र चामलको पिठोको तयारीमा व्यस्त देखिन्छन् । महिलाहरुले माघीमा जाँड र मासु खानका लागि दुना टपरी बनाउन लागेको थारुले बताए। नौबस्तामा दुना टपरी बनाउँदै आउनुभएको पार्वती थारुले माघीमा पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खानेकुराको जोहो गर्न लागेको बताए।
यस्तै, बाँके बनकटुवाकी प्रिति चौधरी पनि माघीका लागि दुना टपरी बनाउनमै व्यस्त हुनुहुन्छ । परिवारका सदस्यहरुसँगै बसेर दुना टपरी बनाउनमै व्यस्त रहेकि उनले माघीमा खानेकुरा दुनाटपरीमै राखेर दिने चलन रहेकाले तयारी गरिरहेको बताईन्।
सोही गाउँकी निशा चौधरीले माघीका लागि अचार बनाउनमै व्यस्त रहेको बताए। उनले भने, ‘‘एक महीना अगाडिदेखि नै पात र दाउराको जोहो गरेकी थिएँ ।’’
मुला, अदुवा र टमाटर मिलाएर अचार बनाउँदै गरेकि निशाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिकरी भने माघी आउन दुई चार दिन बाँकी रहँदा मात्र बनाउने बताईन्। अधिकांश महिलाले चामलको पिठो, घर लिपपोत, मासुको जोहो गरिसकेको जनाएका छन् । थारूको मौलिक संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





