भक्तपुर। चाँगुनारायण नगरपालिकाले गर्ने वागमती प्रदेशस्तरीय प्रथम धिमे बाजा प्रतियोगितामा ऐतिहासिक सहभागिता भएको छ। सांस्कृतिक, ऐतिहासिक र पुरातात्त्विक महत्वको चाँगुनारायण नगरपालिकाले पुस २० गते ताथलीमा गर्ने उक्त प्रतियोगितामा ऐतिहासिक सहभागिता भएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले उक्त प्रतियोगितामा ५३ वटा टोलीको सहभागिता सुनिश्चित भएको बताए । उनले भने, नगरकोट भ्रमण वर्ष(२०८२ लाई लक्षित गरि चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली फाँटमा गर्ने प्रतियोगितामा हालसम्मकै ऐतिहासिक सहभागिता हुने भएको छ । "हाम्रो जानकारीमा आए अनुसार हालसम्मकै उच्च उपस्थिति भएको छ । अन्यत्र गरिएको प्रतियोगितामा ५० बढी समूहको सहभागिता थियो ." उनले भने ।
चाँगुनारायण नगरपालिकामा रहेका मूर्त-अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्याउन तथा नगरपालिकाले आगामी २०८२ मा गर्न लागेको नगरकोट भ्रमण वर्षलाई वडा तहसम्म पुर्याउनका लागि वडा नं । ९ मा धिमय् बाजा प्रतियोगिता गर्न लागेको उनको भनाइ छ । सो प्रतियोगितामा काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लाका विभिन्न पालिकामा रहेका समूहहरूले सहभागिता जनाउने पालिकाले जनाएको छ ।
नगरकोट भ्रमण वर्षको पूर्वसन्ध्यामा हुने यो प्रतियोगिताले नगरकोट भ्रमणको प्रचारप्रसार गर्न पनि सहयोग पुग्ने अपेक्षाका साथ सम्पन्न हुने सो प्रतियोगितामा विजेता टोलीलाई नगद रू। ५० हजार पुरस्कारसहित शिल्ड, १ थान धिमय् बाजा, २ थान भुछ्या र सिछ्या प्रदान गरिनेछ भने द्वितीयलाई रु. २५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सिछ्या १ थान, तृतीयलाई रु. १०,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान भुछ्या १ थान, सान्त्वनालाई रु. ५,००० सहित शिल्ड र प्रमाणपत्र धिमय् बाजा १ थान, उत्कृष्ट प्रस्तुति (निर्णायक छनोट) लाई धिमय् बाजा १ थान, उत्कृष्ट छैटौंदेखि १० औं स्थानसम्मका लागि भुछ्या १/१ थान र सहभागी प्रत्येकलाई मायाको चिनोको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
"हामीले पुरस्कार पनि ऐतिहासिक रूपले प्रदान गर्ने तयारी गरेका छौं । प्रतियोगिताले धिमय् बाजाको प्रवर्द्धनका साथै चाँगुनारायणमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्नेछ" नगरप्रमसख खत्रीले भने । नगर प्रमुख खत्रीले प्रतियोगिताको तयारी व्यापक तवरले भइरहेको समेत जानकारी दिए ।
प्रतियोगितामा नेवारी खाजा तथा खाना फेस्टिभल विशेष आर्कषकको रुपमा रहने आयोजकले जनाएको छ । चाँगुनारायण नगरपालिकाका नगर प्रवक्ता एवम् चाँगुनारायण नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष जनक खत्रीले धिमय् बाजा प्रतियोगिताले समग्र नगरपालिकाको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ग्यालेक्सी फोरके टेलिभिजनका सामान लिलाम गर्ने तयारी
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- पश्चिमी वायु सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी र हावाहुरीको चेतावनी
- आजको विनिमयदर, कुन देशको मुद्रा कतिमा हुँदैछ कारोबार ?
- गठबन्धनभित्रको मतभेदले मधेश सरकार विस्तार रोकियो
- सुकुम्बासीका माग सम्बोधन नभए सिंहदरबार घेराउदेखि नेपाल बन्दसम्मको चेतावनी
- शेरबहादुर देउवा र आरजुलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
- एमालेद्वारा मीन गुरुङले दान दिएको जग्गा फिर्ता



ट्रेन्डिङ
खबरमुकाम





