दिवाकर पोख्रेल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य दाङको प्रशिद्ध धार्मिक तिर्थस्थल बाह्रकुने दह पुगेका छन् । लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुगेका हुन् ।
स्थानीय बासिन्दा, बाह्रकुने दह व्यवस्थापन समितिका पदाधिकारीहरुसँग समेत मुख्यमन्त्री आचार्यले छलफल गरेका छन् । घोराही उपमहानगरपालिका–१३ मा बाह्रकुने दह रहेको छ ।
यो दहमा १२ वटा कुनाहरु भएको हुनाले यसको नाम ‘बाह्रकुने दह’ रहन गएको हो । सुन्दर प्रकृतिको मनोरम दृश्य देखिने बाह्रकुने दहको सौन्दर्य अतुलनीय छ । लुम्बिनी प्रदेशको एउटा नमुना दहको रुपमा रहेको छ । यो धार्मिक एवम् पवित्र स्थल पनि हो ।
यहाँ माघेसङ्क्रन्तिको दिन ठूलो मेला लाग्ने गर्दछ । मुख्यमन्त्री आचार्यसहित बाह्रकुने दह क्षेत्रमा रहेका पर्यटकीय स्थलहरुको अवलोकनको लागि उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपाने, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री सीता शर्मा, पूर्व स्वास्थ्य मन्त्री राजु खनाल लगायतको सहभागिता रहेको छ ।
लुम्बिनी प्रदेशलाई पर्यटन सर्किट निर्माण गरेर एक आपसमा जोड्ने सङ्कल्प प्रदेश सरकारले लिएको छ । त्यही सङ्कल्पअन्तरगत पर्यटन पूर्वाधारहरुको निर्माण गरिन थालिएको छ । लुम्बिनी भ्रमणमा आउने पर्यटकहरुलाई १२ जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा पुर्याउने र धेरै दिनको भ्रमण गराउनेगरी पर्यटन सर्किटको अवधारणा अघि सारिएको हो । प्रदेश सरकारले यस वर्ष घुमौँ बर्दियाको अभियान पनि चलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






