काठमाडौँ । तेह्रथुमको फेदाप गाउँपालिकाको इसीबु र सम्दुको सिमानामा रहेको ह्यात्रुङ झरना नेपालको सबैभन्दा अग्लो मध्ये एक र कोशी प्रदेशकै अग्लो झरना मानिन्छ । यसको उचाई ३ सय ६५ मिटर अग्लो छ । सदरमुकाम मैलुङ बजारदेखि लगभग १ दिन पैदल हिँडे पश्चात यो झरना पुग्न सकिन्छ । सप्तरङ्गी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरी माथिबाट बेगले तल झरेको देखिन्छ।
झरना हेर्नका लागि नेपालका विभिन्न स्थानाबाट आन्तरिक पर्यटकहरू र भारत तथा अन्य मुलुकका बाह्य पर्यटकको चाप बढ्दै गइरहेको छ । हिउँदको समयमा कम पानी हुने भएपनी वर्षातको समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले झन थप आकर्षण गर्दछ ।
जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउन, झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक २०० बढी आन्तरिक पर्यटक आउने गरेको तथ्याङ्क छ ।
प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवर्द्धनमा सम्बन्धित निकायले चासो नदिएको र ग्रामीण सडकको स्तरोन्नति नहुँदा झरनासम्म पुग्न कठिनाई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्छ ।
तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गर्छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम






