बर्खा सकिएसँगै पूर्वको पर्यटकीय नगरी धनकुटाको हिलेमा पर्यटनको सिजन सुरु भएको छ । मनोरम हिमाल पहाड, डाँडाकाँडा हेर्न तथा तराईको गर्मी छल्न धेरै पर्यटकको रोजाइमा हिले पर्ने गर्छ ।
हिले आफैंमा पनि डाँडामा रहेको एक पहाडी क्षेत्रको सुन्दर बजार हो । हिले बास बस्ने पर्यटक बिहानको मनोरम दृश्य अवलोकनको लागि यो क्षेत्रमा पुग्ने गरेका छन् ।
हिलेस्थित बक्रकुण्ड भ्यु प्वाइन्टबाट यो समयमा महाभारत पर्वत शृङ्खला, सप्तकोशी नदी उत्तरतर्फका सगरमाथा, मकालु, गौरीशङ्कर, चोयु लगायतका हिमालसहित विभिन्न पहाडको मनमोहक दृश्य देखिन्छ ।
त्यस्तै सङ्खुवासभा, भोजपुर जिल्लाका विभिन्न पहाडको मनोरम दृश्य नियाल्न सकिन्छ । त्यस्तै पृष्ठभूमिमा विभिन्न हिमाल रहेको हिले बजार आफैंमा मनोरम छ । यहाँ निर्माण गरिएको तोङ्वाको प्रतिमाले जोकोहीको मन लोभ्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





