बर्खा सकिएसँगै पूर्वको पर्यटकीय नगरी धनकुटाको हिलेमा पर्यटनको सिजन सुरु भएको छ । मनोरम हिमाल पहाड, डाँडाकाँडा हेर्न तथा तराईको गर्मी छल्न धेरै पर्यटकको रोजाइमा हिले पर्ने गर्छ ।
हिले आफैंमा पनि डाँडामा रहेको एक पहाडी क्षेत्रको सुन्दर बजार हो । हिले बास बस्ने पर्यटक बिहानको मनोरम दृश्य अवलोकनको लागि यो क्षेत्रमा पुग्ने गरेका छन् ।
हिलेस्थित बक्रकुण्ड भ्यु प्वाइन्टबाट यो समयमा महाभारत पर्वत शृङ्खला, सप्तकोशी नदी उत्तरतर्फका सगरमाथा, मकालु, गौरीशङ्कर, चोयु लगायतका हिमालसहित विभिन्न पहाडको मनमोहक दृश्य देखिन्छ ।
त्यस्तै सङ्खुवासभा, भोजपुर जिल्लाका विभिन्न पहाडको मनोरम दृश्य नियाल्न सकिन्छ । त्यस्तै पृष्ठभूमिमा विभिन्न हिमाल रहेको हिले बजार आफैंमा मनोरम छ । यहाँ निर्माण गरिएको तोङ्वाको प्रतिमाले जोकोहीको मन लोभ्याउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सरकारलाई ‘कथित झाँक्री’ प्रकाश भुजेलको ठाडो धम्की, ठगीधन्दा बन्द भए प्रतिकार गर्ने
- अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
- आज आठौं महिला अधिकार दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
- आज पनि छ पानी पर्ने सम्भावना, हेरौं मौसम पूर्वानुमान
- ‘लालीबजार’ चौथो सातामाः चलचित्रले १० करोडको आंकडा पार गर्ने विश्वास
- प्रतिस्पर्धाबाट राजदूत छान्न मन्त्रालयले माग्यो निवेदन
- अर्थमन्त्री वाग्लेले आज संसदमा बजेट प्रस्तुत गर्ने
- आज गणतन्त्र दिवस्, टुँडिखेलमा विशेष समारोहको आयोजना



ट्रेन्डिङ
खबरमुकाम






