काठमाडौँ । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी–१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलको हातबाट ती बाइकहरु अनवरण गरिएको हो ।
यामाहा डब्लुआर १५५ आर अफ–रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो। १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ।
यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउँछ ।
एमटी–१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन्। यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोन मार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ।
कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई रु६००० विशेष छुटको साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ।
यामाहाको स्टल नम्बर एमएम १५ मा एरोक्स, यामाहा एफजेड एस डिलक्स पनि प्रदर्शनमा राखिएको छ । नाडा अटो शो २०२४ यही भाद्र १६ गतेसम्म जारी रहनेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






