सिराज खान
नेपालगन्ज - समाजमा बढ्दै गएको आधुनिकताका नाममा पछिल्लो समयमा विभिन्न समुदायका पुर्ख्यौली पेसाहरू नै लोप हुन थालेका छन् । परम्परागत सीप बिक्न छाडेपछि पुर्ख्यौली पेसासँगै विभिन्न ठाउँका मौलिकता नै सङ्कटमा पर्न थालेको देखिएको हो । सोही क्रममा समाजमा अत्याधुनिक बाजागाजाको प्रचलन बढ्दै जाँदा परम्परागत बाजाहरू मादल, दमाहा, ट्याम्काको प्रयोग घट्न थालेपछि बादी समुदायको यी बाजा बनाउने परम्परागत पेशानै सङ्कटमा परेको कोहलपुर १३ भरैयाका पोस्ते बादीले बताउछन । उनले आफूले लामो समयदेखि मादल, दमाहा र काठका ठेकी बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आएकोमा पछिल्लो समयमा आएर यी बाजाको बिक्रिनै घट्दै गएकोले पुर्ख्यौली पेशानै सङ्कटमा परेको बताउछन ।
अहिले बजारमा नयाँ नयाँ आधुनिक प्रविधिका बाजा गाजासहित मादल पनि हरेक पसलमा पाउन थालेपछि गाउँ घरमा बनाइएका मादलको माग घट्दै जाँदा मादल बनाउने पेसा बन्द गर्ने स्थितिमा पुगेको पोस्ते बादीको भनाई छ । उनले आफ्नो पिडा सुनाउँदै थपेका छन –“हिजोआज बनबाट मादल बनाउने काठ ल्याउनै पाइँदैन, मादल बनाउने काठ नभएपछि काम नै बन्द हुन्छ । काम नहुँदा आम्दानी हुँदैन ।” केही वर्ष अघिसम्म परम्परागत मादल बनाउने पेसाबाट राम्रो आम्दानी हुने गरेकोले घर खर्च चलाउन सहज भए पनि अहिले बिक्री नहुँदा घर खर्च चलाउन धौ धौ परेको बादीको भनाई छ ।
काठ ल्याउन निकुञ्जले जङ्गल जान नदिएपछि जोखिमै मोलेर वन जङ्गलमा काठ लिन जाने गरेको उनले बताउछन । काठको मादल दमाहा बनाउने बादी समुदायलाई निकुञ्ज या सामुदायिक वनले निश्चित ठाउँमा सोही समुदायले सदुपयोग र संरक्षण गर्ने गरी बनको केही भाग छुटाइदिनुपर्ने सोही ठाउँका बादी समुदायका अर्का अगुवा अम्मर बादीले बताउछन । उनले एउटा दमाहा बिक्रीबाट आकार अनुसार पाँच हजारदेखि २५ हजारसम्म र मादल बनाएको मादलको साइज अनुसार दुई हजार ५०० देखि पाँच हजारसम्म लिने गरेको जनाउँदै तर खर्च र मेहनत जोड्दा ५०० मात्र बचत हुने गरेको बताउछन ।
कोहलपुर १३ भरैयास्थित बादी समुदायका घरहरूमा दमाहा, मादल मर्मतका लागि बाँके, बर्दिया सुर्खेतदेखि मानिसहरू आउने गरेका छन् । विशेष गरी चाडबाड नजिकिँदै गर्दा यस्ता सामान खरिद गर्न र बनाउन आउनेको संख्या बढी हुने गरेको पाइन्छ । कोहलपुर नगरपालिका १३ मा २७ घरधुरी बादी समुदायको बस्ती भएको भरैयामा पोस्तेके बादी, अम्मर बादी, खम्मलाल बादी, बले बादी गरी चार जना पुराना पुस्ताले दमाहा, ट्याम्का र मादल बनाएर बादी समुदायको पेसालाई धान्दै आइरहेका छन । बादी समुदायका अरू व्यक्तिले विशेष गरी फलामबाट बनिने हँसिया, बन्चरो, हठौँडा, खुर्पा, खुकुरीलगायतका सामान बनाउने आरनको पेसालाई अँगालेका छन् ।
स्रोत: गोरखापत्र अनलाइन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम





