काठमाडौं - । नेपाल पुनर्बीमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य घटेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने आर्थिक वर्ष कम्पनीले ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३.४९ प्रतिशत कम हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ। कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ । १२ अर्ब ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ । त्यस्तै, कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





