काठमाडौं - । प्रभु इन्स्योरेन्स कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा २२ करोड ५० लाख थियो भने गत आर्थिक वर्षमा ४९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको कुल आम्दानी गत आर्थिक वर्षमा १ अर्ब ४१ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा ८९ करोड ८० लाख रुपैयाँ थियो ।
नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी १५ रुपैयाँ ६१ पैसा रहेकोमा गत आर्थिक वर्षमा ३४ रुपैयाँ ०५ पैसा छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २२२ रुपैयाँ १९ पैसा छ । खुद प्रिमियम आम्दानी अघिल्लो आर्थिक वर्षमा ५७ करोड ७ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ६५ करोड २२ लाख रुपैयाँ छ । १ अर्ब ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । कम्पनीको विशेष कोषमा १ अर्ब २९ करोड रुपैयाँ छ भने महाविपत्ति कोषमा १० करोड ८ लाख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





