काठमाडौं - । हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा ६६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५०.०८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ४४ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ३६.९४ प्रतिशत र कुल आम्दानी ४४. १४ प्रतिशत बढेको छ। इन्स्योरेन्सको खुद दाबी भुक्तानी ५६.६० प्रतिशत बढेको छ भने कुल खर्च ३७.४४ प्रतिशत बढेको छ। नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ ।
इन्स्योरेन्सको आम्दानी ७ रुपैयाँ ३८ पैसा बढेर २६ रुपैयाँ ७२ पैसा पुगेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.६५ गुणा रहेको छ।
२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





