२०७२ सालको विनाशकारी भूकम्पले भत्किएपछि स्वरूपमा परिवर्तन भएको साँखुको ज्योतिर्लिंगेश्वर महादेव

काठमाडौँको- । शंखरापुर नगरपालिका वडा नं ७, सक्व टोलमा अवस्थित प्राचीन एवम प्रख्यात ज्योतिर्लिङ्गगेश्वर महादेवको मन्दिर। यस महादेवलाई साँखुको उत्तर पूर्वी कुनामा लिँड.गपुराणमा वर्णन गरेको ज्योतिर्लिङ्गेश्वर महादेव हो । यो महादेवको  मूर्ति करिब १८ इन्च लामो र यसको गोलाई करिब १२ इन्च गोलाकार भई वायव्य कोणतिर ढल्किएर रहेको छ । 

२०७२ सालको विनाशकारी भूकम्पले यो मन्दिर भत्किएपछि अहिलेको स्वरूपमा परिवर्तन भएको छ। यस महादेवको मन्दिर कसको पाला, कसरी बन्यो भनी अनुसन्धान गर्दा यसको वर्णन हिमवत खण्डमा उल्लेख भएकोले यो अति नै प्राचीन भएको थलो हो भन्न सकिन्छ ।

किम्बदन्तीअनुसार अभक्ष खाएको, अरूको अन्न, जल, खाना हरण गरी खाँदा जुन पाप लाग्छ त्यसको प्रायश्चित यस शिवलिंगको पूजा अर्चना गर्दा हुन्छ। यस्तै पापी सूचीमूख नामका ब्राह्मणले हरितमुनिका उपदेशले यहाँ वैशाख शुक्ल १५ मा पूजा अर्चना गर्दा भुक्ति मुक्ति पाएको कथन समेत रहेको छ  ।

बिरुपाक्षले पनि यस तीर्थस्थलको उपभोग गरेको उल्लेख गरिएको छ। नेपालका ६४ शिवलिङ्ग मध्ये यो पनि एक शिवलिङ्ग मानिएको छ ।

साँखु बजारमा रहेको यो स्थल एक पवित्र धार्मिक स्थल समेत हो ।  जहाँ यस महादेव बाहेक यहाँ एक दर्जन भन्दा बढी अन्य लिङ्गगेश्वरहरु रहेका छन्। निकै नै आकर्षक र कलात्मक उभिएको गणेशको मूर्ति, भैरव, सरस्वती, बुढानीलकण्ठ, नारायण, त्रिरत्न, सत्यनारायण, प्राचीन शिलालेख आदी देवि देवताका मूर्तिहरू निकै नै फराकिलो स्थलमा रहेको छ। प्रस्तरकलाको खानी नै रहेको यो स्थान मूर्तिकलाका कलात्मक आकृतिका कारण पनि यो स्थल धार्मिक एवम पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको छ ।

महाशिवरात्रि पर्वमा यहाँ भव्य मेला लाग्ने गर्दछ, धार्मिक आस्थाको केन्द्रमा शाली नदी तिरमा स्वस्थानी व्रत उपासना गर्न ज्योतिर्लिङ्गगेश्वर महादेवको जल मिश्रित राज कुलोमा स्नान गर्नु पर्ने धार्मिक अनिवार्यता पनि समेत रहेको छ  । 

 स्रोत: राजेश ढुंगाना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै