काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज (एनएमसी) मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराईरहनु पर्ने चिकित्सकहरुको भनाई छ ।
कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले आमा र बच्चा दुवैको लागि स्तनपान जरुरी रहेकोले आम सर्वसाधारणलाई सचेत गराउन कार्यक्रम गरिएको जानकारी दिनुभयो । विश्व स्तनपान सप्ताहको उद्घाटनमा प्रा. डा. अन्सारीसँगै कलेजका हस्पिटल डाइरेक्टर प्रा.डा. मोदनाथ मरहठ्ठा, स्त्री तथा प्रसुति रोग विभागकी प्रमुख डा. रिता मरहठ्ठा, बालरोग विभागकी प्रमुख डा. सविना श्रेष्ठ, मेट्रोन नविना सिंह, लगायत विभागीय प्रमुख, नर्स तथा विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सप्ताहब्यापी कार्यक्रममा नवजात शिशुलाई किन आमाको दुधमात्र खुवाउनु पर्छ ? स्तनपानले आमा र शिशुको स्वास्थ्यमा कस्तो फाइदा गर्दछ ? नियमित स्तननपान नगराउँदाका वेफाइदाहरु केके हुन् ? लगायत बारे जानकारी दिइने छ ।
कलेजले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका विभिन्न स्वास्थ्य दिवस र अवसरहरुमा नियमित रुपमा सचेतनाका कार्यक्रम गर्दै आइरहेको छ । विरगञ्जका प्रख्यात सर्जन प्रा.डा. जैनुद्धिन अन्सारीले कलेजको बागडोर सम्हालेसँग कलेजको स्वास्थ्य सेवा र व्यवस्थापन प्रभावकारी रुपमा सुधारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने


ट्रेन्डिङ
खबरमुकाम







