जुम्ला, । यहाँको गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलो पटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ ।
पोखरामा प्याराग्लाडिङ गर्दै आउनुभएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरेको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले बता । “परीक्षण उडान सफल भएको छ”, अध्यक्ष बुढाले भने, “अब दुई जना प्याराग्लाडिङ पाइलट राखेर गाउँपालिकाले नियमित उडान गर्ने छ ।” पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले गुरुयोजना बनाई कार्यान्वयन गर्ने गाउँपालिका अध्यक्ष बुढाको भनाइ छ ।
सो गाउँपालिकाका स्थानीयवासी टेकबहादुर भण्डारीले गुठीचौरमा पहिलो पटक आकाशमा प्याराग्लाडिङ देख्न पाउँदा निकै खुसी लागेको बताए । नियमित प्याराग्लाइडिङ उडान गर्न यहाँका उत्साहित युवालाई यससम्बन्धी विशेष तालिमको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ । सुरक्षित उडानका लागि प्याराग्लाइडिङ उपकरणका सम्पूर्ण जाँच, स्वास्थ्य मापदण्डलगायतका विषयमा प्यारापाइलट र व्यवसाय सञ्चालकलाई सचेतनाका कार्यक्रम सञ्चालन गरिने गुठीचौर गाउँपालिकाले जनाएको छ । स्रोत रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बागलुङमा बाढीपहिरोमा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो, एक बेपत्ता
- बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता
- गाउँबाट धामसम्मको यात्राः जगतगुरु शिवशक्ति बाबाले बदलेको जातेको धार्मिक पहिचान
- नारायणी र रिउ खोलामा जलसतह खतराभन्दा माथि, तटीय क्षेत्रमा उच्च जोखिम
- पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु, तीन बेपत्ता
- आजदेखि सुरु भयो सोह्र श्राद्ध, पितृ पक्षमा गरिन्छ तर्पण र पिण्डदान
- पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन



ट्रेन्डिङ
खबरमुकाम





