एनसेलले आफ्ना खुद्रा बिक्रेता र साना पसल गर्ने व्यवसायीहरुलाई प्रोत्साहन तथा सहयोग गर्ने उद्देश्यले संचालन गरेको ‘बिक्रीमा बहार, बिक्रेतालाई उपहार’ योजना अन्तर्गत झापाको झापा गाउँपालिका ५, पन्थपाडामा शिव बाबा किराना संचालन गर्दै आएका नगेन्द्र प्रसाद गणेशले बजाज डिस्कभर बाइक जित्न सफल भएका छन् ।
कम्पनीले आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्ने उदेश्यकासाथ यो कार्यक्रम लागू गरेको थियो । बिहीबार बिर्तामोडमा आयोजित एक कार्यक्रम माझ कोसी प्रदेशका लागि एनसेलका प्रादेशिक व्यापार प्रबन्धक अम्बर भट्टाचार्यले नगेन्द्र प्रसाद गणेशलाई १२५ सीसीको उक्त बजाज डिस्कभर मोटरसाइकल हस्तान्तरण गरेका थिए ।
यस कार्यक्रममा सहभागी भएका खुद्रा विक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाएका थिए । यसरी आर्जन गरिएको प्वाइन्टहरुको आधारमा उनीहरुले ६५ ईन्च सम्मका स्मार्ट टिभी, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू उपहार पाएका छन् । बम्पर उपहारका रुपमा मोटरसाइकल पाउन आर्जन गरेको प्वाइन्टको आधारमा कुल ४,७५४ खुद्रा बिक्रेताहरु मोटरसाइकलका लागि योग्य थिए र विजेता नगेन्द्र गोला प्रथामार्फत छानिएका हुन् । यस कार्यक्रम अन्तर्गत, देशभर सातै प्रदेशबाट १,१०० जना खुद्रा विक्रेताहरूले विभिन्न उपहार पाउन सफल भएका छन् ।
यो कार्यक्रमले खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै एनसेलका सेवा र सुविधाहरुको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित रहेको थियो । खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत पनि एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् ।
एनसेलले आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्ने र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न कम्पनी समर्पित रहेको जनाएको छ । साथै एनसेलले आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरुलाई सधैं अन रहन मद्दत गर्ने लक्ष्यका साथ कार्य गरिरहेको जनाएको छ ।
आफ्ना ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न एनसेलले नयाँ योजना सधैं अनमार्फत आम उपभोक्ता र उद्यमी, व्यवसायीहरुलाई पहिला भन्दा सुलभ शुल्कमा डेटा, भ्वाइस र एसएमएस बन्डल सेवाहरु प्रदान गर्दै आएको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स नकाटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः लिँदा थपिएर आउने र बन्डल सेवाहरुका साथ निर्धक्क सेवा पाईने यो योजनाको मुख्य विशेषताहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







