सेभेनस्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्सले अनलाइन पोर्टलको शुभारम्भ गरेको छ।
गत बिहीबार सेभेनस्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्सले एक कार्यक्रमको आयोजना गर्दै अनलाइन ट्राभल एजेन्सीको औपचारिक शुभारम्भ गरेको हो।
'विश्व डिजिटालाईजेसनतर्फ अगाडि बढि रहँदा अबको भविष्य र व्यावसायिकता समेत यसैसँग जोडिने प्रष्ट देखिएकाले हामीले आफ्नो ओटिए (अनलाईन ट्राभल एजेन्सी) सञ्चालनमा ल्याएका हौँ,' कम्पनीका प्रबन्ध निर्देशक शिव शर्मा बास्तोला भन्छन्, 'यससँगै हाम्रो पहुँच विश्वबजारसम्म पुगेको छ। यो प्रविधिले दिएको उपलब्धि र हामीले ट्राभल ट्रेडमा मारेको अर्को फड्को हो।'
लामो समयको शोध तथा अनुसन्धान पश्चात् सञ्चालनमा ल्याइएको https://www.esevenstar.com/ मार्फत ग्राहकहरूले विश्वभरका वायुसेवाका टिकटहरू जुनसुकै समयमा टिकट काट्न सक्नेछन्। साथै आवश्यक परेको खण्डमा २४सैं घण्टा ग्राहक सेवामा पहुँच राख्न सक्नेछन्।
अनलाइन खरिद गरिएको टिकटको भुक्तानी नेपाली वा विदेशी बैंकका भिसा, मास्टरकार्ड तथा अन्य कार्डहरू, विभिन्न बैंकिङ वालेट, इसेवा, खल्ती जस्ता डिजिटल वालेट तथा कनेक्ट आइपिएस लगायतका भुक्तानी सेवा प्रदायकबाट सोझै गर्न सकिनेछ।
स्थापनाको एक दशक पूरा गर्दै गर्दा सेभेनस्टारले हरेक वर्ष दर्जनौं वायुसेवा कम्पनीबाट विभिन्न विधामा पुरस्कृत हुँदै आएको छ। हालै क्याथे प्यासिफिक, श्रीलंकन, मलेसिया तथा थाई एयरवेजबाट उत्कृष्ट ट्राभल एजेन्सी अवार्ड पाएको हो।
नेपाली ट्राभल ट्रेडमा जापानको बजारमा आधिपत्य जनाउँदै आएको सेभेनस्टार इन्टरनेसनल ट्राभल एण्ड टुर्सले जापानमा समेत कार्यालय खोलेर आफ्ना ग्राहकहरूलाई टिकेटिङ सेवा प्रदान गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






