भरतपुर महानगरपालिकाका नगर उपप्रमुख चित्रसेन अधिकारीसँग भरतपुरको पर्यटकीय क्षेत्रसँग सम्बन्धित बिषयमा रहेर मुकामले गरेको कुराकानीमा आधारितः
भरतपुर भ्रमण वर्षको योजना दुई दुईपटक रोकियो। समयमै भइपरी आउने समस्याबारे ध्यान नपुगेको हो?
गत पौष ७ गते मुलबाटो पुल्चोक, नारायाणगढ–मुग्लीन सडकखण्ड पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले दैनिक ५ घण्टा (१२ बजेदेखि ५ बजेसम्म) रोकिदिएका कारण र अहिले पनि पुल्चोक बुटबल सडकखण्ड निर्माण अलि अस्तव्यस्त भएको कारण विशेष गरेर भरपुर महानगरपालिकाको मुख्यद्वार (गेट) बाहिरै सडक सम्पन्न नभएका कारण हामीले पछाडि सारेका हौँ। हाम्रो आन्तरिक कारण होइन। माघको सुरुमै त्यसको उद्घाटनको लागि पूर्ण तयारीमा थियौँ तर केही प्राविधिक कारणले फागुनको १८ गतेसम्मलाई सरेको हो। मान्नुहोस्– भ्रमण वर्ष २०२४ मै सम्पन्न गर्छौं सरेको छैन।
भरतपुर भ्रमण वर्षले चितवन जिल्लाको अन्य स्थानीय सरकारसँग समन्वय नगरेको गुनासो अन्य पालिकाका जनप्रतिनिधि र पदाधिकारीबाट सुन्नमा आएको छ। भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा ब्रान्डिङ गर्न सकिँदैनथ्यो?
स्थानीय सरकारको आफ्नो आफ्नो काम कर्तव्यको क्षेत्र छः भूगोल, जनसङ्ख्या, विकास निर्माण, प्राकृतिक स्रोतसाधन। हामीले भरतपुर महानगरको मात्रै नभएर सिङ्गो चितवन जिल्लाकैे भ्रमण वर्षका रूपमा प्राकृतिक स्रोत साधनसमेतको उपयोग गरेका छौँ। त्यति मात्रै नभईकन, समग्र चितवन जिल्लाको, जिल्लाको मात्र नभईकन, गण्डकीको देवघाट गाउँपालिका र लुम्बिनीको गैँडाकोट नगरपालिकालाई समेत साथै लिएर र समन्वय गरेर अगाडि बढेका छौँ। चितवन जिल्लाका राजनीतिज्ञ व्यक्तिहरू, सातै पालिकाका नगर प्रमुख, उपप्रमुख, अधिकृत सबैसँग समन्वय गरेका छौँ। राष्ट्रिय स्तरका पत्रकारसँग परामर्श गरेका छौँ। पर्यटन बोर्डसँग समन्वय गरेका छौँ। राज्यका सबै तह र तप्कासँग सहकार्य र समन्वय गरेकाले मात्रै हाम्रो भ्रमण वर्षको कार्यक्रम सफल भएको हो र हुने हो। हामी र केन्द्र सरकार, प्रदेश सरकार र पर्यटन बोर्डको मापदण्डभित्रै रहेर गर्न भरतपुर भ्रमण वर्ष मनाउन लागेका छौँ।
भरतपुरमा प्राथमिकताका आधारमा भ्रमण गर्नैपर्ने ठाउँहरू कुन कुन हुन्?
भरतपुर महानगर पालिकामा २१ वटा डेस्टिनेशनहरू छन्। भरतपुर महानगरको उत्तरमा देवघाटधामबाट एक भई पवित्र गङ्गा नारायगढ हुँदै गोेलघाटसम्म पुग्ने, दक्षिणतिर राष्ट्रिय निकुञ्जसहितको राप्ती नदी छ। महानगरपालिका तीनतिरबाट दुईवटा नदीले र एकतिरबाट राष्ट्रिय निकुञ्जको जङ्गलले घेरिएको छ। सम्पदा सूचीमा रहेको नेपालको पहिलो राष्ट्रिय निकुञ्ज, जङ्गल सफारीसहितको हात्ती सफारी गर्ने ठाउँ छ। राणकालमा निर्माण भएको दरबारको म्युजियम छ। विभिन्न सिमसार बीसहजारी, बाईसहजारी ताल छन्। मेघौली पर्यटकीय गन्तव्यको रूपले चिनिन्छ। नेपाली र भारतीय हिन्दू धर्मावलम्बीको लागि विशेष महत्व बोकेको धार्मिक स्थल देवघाटधाम छ। राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय क्रिकेट मैदान पनि निर्माणाधीन छ। दियालो बङ्गला खुल्दै छ। विभिन्न मठमन्दिर, विभिन्न जात जाति र भेषभुषा भएको भरतपुर महानगरपालिकामा नजिकै छिमेकी पालिकामा मौलाकाली केवलकारसमेत छ। भरतपुर एप २४ हेर्नुभयो भने यी सबै जानकारी पाउनुहुनेछ।
सौराहालाई जस्तै गरी मेघौली र पटिहानीलाई विकास गर्ने महानगरसँग कुनै खाका छ?
सौराहा रत्ननगर नगरपालिकामा पर्छ। समन्वयको हिसाबले हेर्दा कसैले छेक्ने यहाँ जान हामीलाई भिसा लगाउनुपर्ने त होइन। चितवन आएको मान्छे सौराहा पनि जान्छ मेघौली पनि जान्छ। मौलाकाली देवघाटधाम पनि जान्छ। यसरी हेर्दा भरतपुर महानगरपालिका मध्य भागमा (स्वतः) पर्छ। त्यसैले यो पर्यटनको आर्कषणको क्षेत्र बन्दै छ।
धार्मिक पर्यटनका लागि देवघाट र जलपर्यटनका लागि नारायणी नदीलाई ब्रान्डिङ गर्न सकिँदैन?
प्राकृतिक स्रोत र साधनलाई हामीले आफ्नो काबुमा लियो भने त्यसले नोक्सान गर्छ, नारायण्ी अलि ठाडो नदी छ, गहिराई नभएको त्यसको भूगोल र संरचनामा परिर्वतन गर्दा विभिन्न अप्ठ्यारा दुर्घटनाहरू हुन सक्छन्। भ्रमण वर्ष भनेको दुई दिनमा सकिने होइन विकास निमार्ण गर्दै जाने हो। प्राकृतिक सौन्दर्यलाई प्राकृतिकरूपमा नै रहन दिनुपर्छ।
वर्षभरि नै पर्यटक आउँछन्? आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने कस्था योजना (स्किम) तयार गर्नुभएको छ?
विश्व बजार, पर्यटन बजारमा सिजनअनुसार आउने गर्छ। पर्यटनको ठाउँअनुसार मौसमअनुसार पर्यटटक वर्षभरि नै आउने गर्छन्। आन्तरिक र बाह्य गरेर वर्षमा सात लाख पर्यटक भित्र्याउने योजना छ। वैदेशिक समन्वय समतिसँग समन्य गरेर प्राविधिक ढङ्गले नै काम गर्न लागेका छौँ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- ‘के तपाईंले मेरो देवता देख्नु भयो’ वृत्तचित्रको पहिलो प्रदर्शन सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकद्वारा बाढीपहिरो पीडितका लागि दुई करोड प्रदान
- सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग
- दसैँमा मनकामना केबलकार दुई दिन बन्द रहने
- ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
- एनसीसीएस समूहद्वारा दैवी प्रकोप उद्धार कोषमा पाँच लाख बढी सहयोग
- सकियो ‘एकेडेमिक इनाभेसन इन इण्डष्ट्री’ विषयमा एकदिवसीय सेमिनार
- २१ वर्षपछि मारवाडीको कब्जाबाट मुक्त भयो पशुपति गौशाला धर्मशाला