काठमाडौं । गायक शान भुषालको नयाँ गित ‘मायाको धुन’ सार्वजनिक भएको छ ।
पार्टी लभर लक्षित यो गीतमा गायिका रितिका श्रेष्ठका शब्द रहेको छ भने संगीत गायक भुषाल स्वयमको छ । गीतको उत्पादक अल्मोडा राना उप्रेतीको रहेको छ ।
गितमा प्रदिप लामा र केविका कार्कीको अभिनय रहेको छ । गायक भुषालका अनुसार दोलालघाट र नगरकोटमा गीतको छायंकन गरिएको भिडियोको निर्देशन प्रदिप लामाले गरेका छन्् भने,अमेरिकाको डालस स्थित गुन्जन स्टुडियोमा गीतको रेकर्डिङ गरिएको हो ।
अर्धाखाँचीका गायक भुषाल हाल अमेरिकामा बस्दै आएका छन्। गीतको मास्टरिङ मिक्सिङ भारतमा गरिएको हो । करिब २ दशक शास्त्रीय संगीतमा साधनारत गायक भुषालका २ दर्जन बढी गीतहरु रेकर्ड भइसकेका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






