व्यवसायीहरूले नयाँ वर्ष २०८१ देखि काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने घोषणा गरेका छन्।
बिहीबार ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै यसको औपचारिक घोषणा गरेका हुन्।
वैशाख १ गते साँझ ६ बजे गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा विशेष उद्घाटन कार्यक्रम आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।
सामाजिक र आर्थिक असमानता न्यूनीकरणमा सहायक भई विश्वसनियतालाई कायम गर्न विश्वास लिइएको परिषद् र बोर्डको संयुक्त विज्ञप्तिमा जनाइएको छ।
त्यस्तै, ठमेल क्षेत्रमा पर्ने भगवान बहाल क्षेत्रभित्रका व्यवसायीले भने २४ सै घन्टा व्यवससाय सञ्चालन गर्न नपाउने बताइएको छ।
‘हामीले उहाँहरू (भगवान बहाल) क्षेत्रका स्थानीयले सुरक्षित महसुस नगर्दासम्म त्यहाँ बेलुकी १० देखि बिहान ६ बजेसम्म खोल्न निषेध गरिएको छ,’ ठमेल पर्यटन बोर्डका अध्यक्ष भविश्वर शर्माले भने, ‘स्थानीयकै इच्छा अनुसार अहिलेलाई सो क्षेत्र नखुलाउने सहमति भएको हो।’
गृहमन्त्री लामिछानेकै सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौँले बनाएको आचारसंहिता बमोजिम २४ घन्टा व्यवसाय सञ्चालन गर्ने निष्कर्षमा पुगिएको शर्माले बताए।
‘कानुनको दायरमा रहेर आफ्नो व्यवसाय सञ्चालन गरेको खण्डमा नेपालका व्यवसायले पनि अन्तराष्ट्रिय जगतमा शिर झकाएर हैन शिर उठाएर आफ्नो व्यवसाय सञ्चालन गर्ने वातावरणको सृजना हुनेछ भन्ने कुरामा दुईमत छैन,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।
ठमेल पर्यटन बोर्डका अध्यक्ष शर्माका अनुसार ठमेल क्षेत्रमा ६० हजार हाराहारीमा रोजगारी प्रदान गरिएको छ। यहाँ ८ हजार ५ सय व्यवसायीहरू रहेको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए।
त्यस्तै, दरबारमार्ग क्षेत्रमा २ सय ब्यवसाय सञ्चालनमा रहेको र ६ देखि ७ हजार व्यक्तिले रोजगारी पाएको दरबारमार्ग विकास बोर्डका संयोजक संजय अधिकारीले जानकारी गराए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







