काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकासँग आज बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले आगामी बजेटमा बीमा शीर्षकमा बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्दै जनकपुरधाममा बीमा कम्पनीको क्षेत्रीय कार्यालय स्थापना गर्न आग्रह गरे ।
प्रमुख साहले नागरिकहरूलाई आफ्नो जीवन, घर, सम्पत्ति, कृषिबाली र पशुपन्छीको बीमा गरेर आर्थिक सुरक्षण गर्न आग्रह गर्नुहुँदै दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले उपमहानगरपालिकाले राहत लागि छुट्याएको बजेटबाट न्युन आय भएका विपन्न बर्गको बीमा गर्ने व्यवस्था गर्न र उपमहानगरपालिको भवन तथा सम्पत्तिको बीमा गरेर बीमाको शुरूवात गर्न आग्रह गरे ।
अध्यक्ष सिलवालले भने, “बीमा गरेपछि दाबी भुक्तानी पाइन्छ, नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको नियमन गर्दै आएको छ, दाबी भुक्तानी नपाएमा प्राधिकरणमा उजूरी गर्न सकिन्छ, सबैले ढुक्क भएर बीमा गरौं ।”
अध्यक्ष सिलवालले बीमा क्षेत्र हेर्ने गरी सम्पर्क व्यक्ति तोक्न उपमहानगरपालिकालाई आग्रह गर्नुहुँदै मधेश प्रदेशमा बाढी, आगलागी लगायतको जोखिम बढी हुने भएकाले घर, सम्पत्ति, कृषिबाली तथा पशुपन्छीको बीमा गरी आर्थिक सुरक्षण गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेशकुमार लालले मैथिली भाषामा कार्यक्रम सञ्चालन गर्दै बीमाको महत्व, दाबी भुक्तानी प्रक्रिया, बीमा बजारको अवस्था, विद्यमान चुनौती, बीमा क्षेत्रको विकास एवम् विस्तारमा स्थानीय तहको भूमिका सम्बन्धी प्रस्तुती दिएका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरूले दाबी भुक्तानी दिन आलटाल गर्ने गरेको, कतिपय बीमा कम्पनीले दाबी भुक्तानी दिन एक वर्षसम्म लगाउने गरेको, कम्पनीहरूले पटक पटक नियम परिवर्तन गर्ने गरेको लगायतका धारणा राखेका थिए ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी शाह, वडा अध्यक्ष तथा सदस्य र कर्मचारी, नेपाली बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा, उद्योगी व्यवसायी, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका कर्मचारी, महिला समूह र अगृवा कृषकहरू लगायत गरी करिव २५० जनाको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- भाद्र ९ देखि १४ सम्म हुने नाडा अटो शो २०२६ का लागि स्टल बुकिङ खुल्ला
- प्रधानमन्त्री बालेन अभिव्यक्तिको तरंग, माफी माग्न झलनाथ खनालको चेतावनी
- रास्वपा सभापति लामिछाने आजदेखि भारत भ्रमणमा
- प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, बजेटमाथि छलफलको कार्यसूची
- अर्थमन्त्री वाग्लेले बजेटका विषयमा पत्रकारहरुसँग सवाफ जवाफ गर्ने
- फुटको संघारमा राप्रपा, तीन पूर्वअध्यक्षले निकाले यस्तो विज्ञप्ति
- आज संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
- आज सातै प्रदेशमा पानी पर्ने सम्भावना, यस्तो छ मौसम विवरण



ट्रेन्डिङ
खबरमुकाम





