बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमालेका महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतको उपस्थितिमा ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्याउने संकल्प गरिएको हो ।
लुम्बिनीमा जारी विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवको समापनका अवसरमा जारी संकल्पपत्रमा नेपाललाई विश्वशान्तिको केन्द्रको रूपमा विकास गर्ने उल्लेख छ ।
२०८१ सालको प्रवेशसँगै ध्यान र योगलाई नेपालभर प्रवद्र्धन गर्ने संकल्प पनि गरिएको छ । साथै पूर्वीय संस्कृतिको प्रयोग तथा सम्वद्र्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषयमा उपयुक्त पाठ्यक्रम र तालिमका लागि जनशक्ति तयार गर्ने संकल्प गरिएको छ ।
देशभर ध्यान र योग प्रर्वद्धन गर्न सबै सरकारी कार्यालय र पर्यटकीय स्थलमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने संकल्प पनि गरिएको छ ।
संकल्पकर्ताहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, संघीय सांसद बासुदेव घिमिरे, योग गुरु एलपी भानु शर्मा लगायत छन् ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रत्येक नागरिकको जीवन रुपान्तरण गर्न अर्काे क्रान्ति गर्ने समय आएको बताए ।
नेपाल र नेपालीको समग्र हितका लागि वैज्ञानिक अध्यात्म प्रणाली अवलम्बन गर्दै देशको स्वास्थ्य, कृषि, अर्थ, सुरक्षा, वाणिज्य र परराष्ट्र क्षेत्रको अवधारणागत र संरचनागत सुधार गर्नुपर्ने उनको भनाइ छ ।
देशको अन्तर्राष्ट्रिय छविमा व्यापक परिवर्तन ल्याउन र विश्व समुदायमाझ नेपाल शान्तिपूर्ण विश्व बन्धुत्वको पक्षमा रहेको सन्देश दिन सबैको सामूहिक प्रयास, प्रतिबद्धता आवश्यक रहेको उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने बताए ।
आध्यात्मिक जागरण र साधनाविना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरे पनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने प्रधानमन्त्रीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- हिमालयन एभरेस्ट इन्स्योरेन्स बन्यो दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको च्याम्पियन
- एभरेस्ट बैंकको धनगढीमा नयाँ भवनसहित १३४औँ शाखा सञ्चालन
- हुथी विद्रोहीको सैन्य अभियान तीव्र, बाब अल–मन्देब क्षेत्रमा बढ्यो तनाव
- त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु, घटनाको छानबिन गर्न समिति गठन
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने

ट्रेन्डिङ
खबरमुकाम







