काठमाडौं । दैलेखमा भएको सवारी दुर्घटनामा घाइते भएका नेकपा (एमाले)का महासचिव शंकर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य परीक्षण गरिएको छ ।
सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा पोखरेल सवार गाडी शनिबार सडकमा पल्टिँएको थियो । दुर्घटनामा घाइते भएका महासचिव पोखरेलमा थप समस्या भए नभएबारे आइतबार काठमाडौंमा थप परीक्षण गरिएको एमालेका एक नेताले जानकारी दिए ।
“आज ट्रमा सेन्टरमा गइ उहाँको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ”, नेताले भने, “उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।”
महासचिव पोखरेल आइतबार नै सुर्खेतबाट काठमाडौँ आएका हुन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उहाँ सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा, कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही पनि सवार थिए ।
गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको भने हातमा चोट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






