काठमाडाैं । आजदेखि दुई नेपाली चलचित्र ‘हात्तीछाप’ र ‘दयारानी’ प्रदर्शन भएका छन् । माघको अन्तिम शुक्रबार दुई नेपाली चलचित्र प्रदर्शन गरिएका हन् ।
दुवै चलचित्रमा अभिनेता दयाहाङ राई रहेका छन् । कलाकार राईको यो संयोग दोस्रो पटक हो । गत वैशाख १ गते पनि उहाँ अभिनित दुई चलचित्र ‘जारी’ र ‘विहे पास’ एकसाथ प्रदर्शन गरिएको थियो ।
“दुवै चलचित्र फरक स्वादका छन् । यी दुई चलचित्र निर्माण तीनदेखि चार वर्षको फरकमा भएका हुन् । सायद यो समयमा व्यापार हुन्छ भन्ने लागेर होला, प्रदर्शन गर्ने निर्णयमा पूर्णतया निर्माताको अधिकार हुन्छ”, अभिनेता राईले भने ।
सिमोस सुुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, कमलमणि नेपाल, विजय वराललगायत कलाकारले अभिनय गरेका छन् । “हामीले सामाजिक विषयसँगै यसमा मनोरञ्जनात्मक गतिविधि समेटेका छौँ । चलचित्र भवनसम्म पुग्ने दर्शकलाई यसले निराश बनाउँदैन”, निर्देशक सुनुवारले भने ।
आजदेखि प्रदर्शन गरिएको अर्को चलचित्र ‘दयारानी’मार्फत कलाकार माओत्से गुरुङले निर्देशकीय यात्राको सुरुआत गरेका छन् । निःसन्तान दम्पतीको कथामा आधारित रहेर तयार गरिएको यस चलचित्रमा अभिनेता राईसँगै दीया पुन, विजय वराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङलगायत कलाकारले अभिनय गरेका छन् ।
“यसमा एउटा अह्मकारी पुरुषको कथालाई पर्दामा ल्याएका छौँ । गुरुङ संस्कार र संस्कृति पनि यसमा समेटेको छ । चलचित्र मनोरञ्जनसँगै समाजमा भएको एउटा उदाहरण पनि हो”, निर्देशक गुरुङले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिङ्गापुरबीच सहकार्यको सम्झौता
- कामना सेवा विकास बैकद्धारा विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण
- रवि लामिछानेले छुट्याए आफ्ना शत्रु, को को परे ?
- उपाध्यक्ष पौडेलको गिरफ्तारीमा आक्रामक एमाले, सशक्त प्रतिवाद गर्ने निर्णय
- रास्वपाको मतदान निर्धारित समयमा नहुने, उम्मेदवारको अन्तिम सूची कुर्दै निर्वाचन आयोग
- विश्वकपमा क्रोएसियाको पहिलो जित, पानामा बाहिरियो
- रास्वपाको सभापतिमा निर्विरोध बने रवि लामिछाने
- देशका केही भूभागमा वर्षाको सम्भावना, तराईमा तातो लहरको चेतावनी



ट्रेन्डिङ
खबरमुकाम






