काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धनका कारण देश गम्भीर अवस्थामा पुगेको बताएका छन् । बुधवार सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।कारमा जान हतार नगर्ने र गठबन्धनले काम गर्न नसके जुर्मुराउनुपर्ने बताए । उनले ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्ने बताए ।
अध्यक्ष ओलीले गठबन्धनका कारण अहिले देशमा ग्रहण लागेको बताए । एमालेलाई छेक्न ८ वटा राजनीतिक दलहरु लागेको बताए । उनले गठबन्धनका दलहरुबाट देश बनाउने कुरा भन्दा गठबन्धन बनाउने र जोगाउने कुरा मात्तै बढी सुनिएको बताए ।
उनले भने, ‘हामी सरकारमा जाने हतार गर्दैनौँ । अब यिनीहरुले गर्न सकेनन् भने त हामीले फेरि उठ्न त परिहाल्छ । तर हामी मिसन ०८४ भनेर ०८४ को निर्वाचनमा सम्पूर्ण ठाउँ एमालेले जित्नुपर्छ । हरेक ठाउँ जित्नेगरी एमालेको तयारी हुनुपर्छ । सरकारमा हुने गठबन्धनेहरुलाई पनि भनिरहेको छु मैले । गम्भीर हुनुपर्ने अवस्था छ । यदी गम्भीर भएन भने देश बर्बाद हुन्छ । तर म तपाईंहरुलाई भन्न चाहन्छु, अलिक समय सूर्यलाई पनि ग्रहण लाग्छ । सूर्य अत्यन्त शक्तिशाली छ । नवग्रह तिनै सूर्यबाट निस्किएका ससाना पिण्डहरु हुन् । त्यसैबाट उछिट्टिएका । भने सूर्य त्यस्तो शक्तिशाली हो । त्यति जाज्वल्यमान, त्यति प्रकाशमान, तापमान, सूर्यलाई पनि कहिले कहिले ग्रहण लाग्छ । तर ग्रहण सधैँ त लाग्दैन नि । देशलाई पनि कहिले कहिले ग्रहण लाग्छ । एउटा फुच्चे चन्द्रमाले सूर्यमा ग्रहण लगाइदिन्छ । यहाँ त आठ, १० वटा गठबन्धनेहरु छन्, एमालेलाई छेक्न । एमालेलाई ग्रहण लगाउनका लागि आठ दश वटा एक ठाउँ ठोक्किएर आएका छन् । देश बनाउने कुरा सुन्नुभएको छ उनीहरुबाट । गठबन्धन जोगाउने भन्छन् । देश बनाउने होइन, गठबन्धन जोगाउने ।’
अध्यक्ष ओलीले विकासको काममा राजनीतिक आग्रह पूर्वाग्रह नराख्न आग्रह गरे । योग्य मान्छेलाई सामाजिक क्षेत्रका जिम्मेवारी दिन उनले सुझाव दिए । अहिले गठबन्धनले क्षमता हरेर नभइ गठबन्धने हो कि होइन भनेर जिम्मेवारी दिने गरेको आरोप लगाए । ओलीले मुख्यरूपमा कृषिलाई आधुनिकीकरण गरेर नै समृद्ध नेपाल बनाउन सकिने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






