गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्दै

काठमाडौं  । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सले आइपीओ जारी गर्न लागेको छ । कम्पनीले आइपीओको प्रस्तावसहित फागुन ६ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।

साधारणसभा होटल एयरपोर्ट, बिराटनगर मोरङमा अपरान्ह १ बजेबाट सुरु हुनेछ । सभामा यस कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्ने स्रोतले जनाएको छ । 

 

यसका साथै सभामा आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन र नाफा नोक्सान सम्बन्धी विषयमा छलफल गर्ने प्रस्ताव छ । यसैगरी, आर्थिक वर्ष २०८०÷८१ को लागि लेखा परीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै