काठमाडौं । काठमाडौंस्थित सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आइएसएमटी कलेजको दिक्षान्त समारोह सम्पन्न भएको छ ।
यही मिति २०८० माघ १२ गते नेपालका लागि बेलायती राजदुत रोब फेन(Rob Fenn)को प्रमुख आतिथ्यमा र सन्डरल्याण्ड विश्वविद्यालय ( University of Sunderland UK ) का उच्च तहका प्रतिनिधि र अविभावकहरुको उपस्थितिमा होटल याक एण्ड यतीमा सम्पन्न भएको हो ।
उक्त समारोहमा बि.बि.ए, बि.एच.एम, बि.एस.सी, आइटी(सीएसइ) उत्तिर्ण ३१९ जना विद्यार्थीहरु दिक्षित भएका छन् । उक्त समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले विशेष अवार्ड समेत प्रदान गरेको थियो ।
आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि सन्डरल्याण्ड विश्वविद्यालय कै सम्बन्धनमा कलेज संचालन गरि बि.बि.ए, बि.एच.एम, बि.एस.सी, आइटी(सीएसइ), बि.एस.सी (Hons) साइबर सुरक्षा र डिजिटल फोरेंसिक्स र एमबिए कार्यक्रम संचालन गरि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






