साताको पहिलो दिन अन्ततः नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं ।  आज आइतबार कारोबार साताको पहिलो दिन अन्ततः नेप्सेमा दोहोरो अंकले वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.३७ अंक बढेर २०९४ अंकमा पुगेको हो । करिब १ बजेसम्म ओरालो लागेको बजार त्यसपछि बढेको हो । आजको कारोबारमा नेप्से न्यूनतम २०७५ अंकसम्म झरेको थियो ।

कुल ३ अर्ब ८३ करोड रुपैयाँ बराबरको कारोबार भयो । १७३ कम्पनीको मूल्य बढ्दा ७० को घट्यो भने ४ को स्थिर रह्यो । धेरै बढ्ने समूहमा हाइड्रोपावर अगाडि रह्यो । सो समूह १.३३ प्रतिशत बढ्यो । विकास बैंक १.२२ र अन्य समूह पनि १.३२ प्रतिशत बढे ।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.८६ प्रतिशत घट्यो । अंकका आधारमा बैंकिङ १, होटल तथा पर्यटन १०४, उत्पादन समूह २८ ले घटे । विकास बैंक ४९, फाइनान्स १४, हाइड्रोपावर ३४, जीवन बीमा ५३, लगानी ०.७३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा ५७, अन्य २२ र ब्यापार समूह ५ अंक बढे ।

मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुङखोला, सामलिङ पावरको मूल्य १० प्रतिशत बढ्यो । हाथवे इन्भेस्टमेन्टको ८.७, माउन्टेन हाइड्रो नेपालको ७.९, एसियन हाइड्रोपावरको ६.८, युनाइटेड मोदी हाइड्रोको ६.४ प्रतिशत मूल्य बढ्यो ।

 

चन्द्रागिरि हिल्सको भने सबैभन्दा धेरै ९.८ प्रतिशत मूल्य घट्यो । इनिफिनिटी लघुवित्तको ६.४, मनकामना स्मार्ट लघुवित्तको ५.१, उन्नती सहकार्य लघुवित्तको ३.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप पावर, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, अरुणभ्याली हाइड्रो डेभलपर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै