काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘कामकुरो'को प्रदर्शनी आजबाट सुरु हुने भएको छ ।
आज आइतबार माघ १४ गतेदेखि माघ १८ गतेसम्म उक्त गाउँपालिका भित्रका विभिन्न सामुदायिक विद्यालयहरुमा नाटक प्रदर्शन हुने भएको हो ।
पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक 'कामकुरो'को प्रदर्शन आज गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा विहान १०ः ३० र जनहित मा.वि. महाकाँलमा दिउँसो २ बजे प्रदर्शन हुने भएको छ ।
त्यस्तै, भोलि माघ १५ गते बालविकास मा.वि. फलामेटार र धार्ने ज्योति मा.वि.धार्ने, मा १६ गते भृकुटी मा.वि. सौरे र कुमारी मा.वि. जगथली, माघ १७ गते शारदा मा.वि. देउराली र १८ गते जनविकास मा.वि. ताल्ढुङ्गामा नाटक प्रदर्शन हुनेछ ।
नाटकमा सुशीलसिंह ठकुरी, दीपमाला परियार, दिवाकर घिमिरे, सागर कार्की, शान्ति भट्टराई, प्रज्ज्वल अधिकारी र अन्जना दुलालको अभिनय रहेको छ ।
नाटकमा उपभोक्ता समितिको विषयमा, बालविवाह, किशोरकिशोरीको स्वास्थ्य, शिक्षा, र विशेष गरेर स्थानीय उत्पादनमा जोड दिनु पर्छ भन्ने विषयलाई समेटिएको छ । वैदेशिक रोजगारीका लागि विदेशीएर नेपाल फर्किएका युवाहरुले सिकेको सिपलाई प्रयोग गरी स्वदेशमा नै केही गर्नुपर्छ र गर्न पनि सक्छन् भन्ने यो नाटकले सन्देश दिएको छ । साथै,अहिले अधिकांश अभिभावकहरुले आफ्नो बालबच्चाहरुलाई समय दिएको देखिदैन । जसले गर्दा उनीहरुको स्वास्थ्य देखि शिक्षासम्म असर परिरहेको हुन्छ । त्यसैले अभिभावकहरुले किशोरकिशोरीहरुका लागि समय दिनु अतिआवश्यक छ भन्ने विषयलाई पनि नाटकमा समेटिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- सुरक्षा संवेदनशीलता बढेपछि राजविराजमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
- अफवाह र उत्तेजना फैलाउनेमाथि कडा निगरानी राख्न आईजीपी कार्कीको अपिल
- ब्रोड पिकमा हिमपहिरो: निर्मल पुर्जासहित १० सदस्यीय टोली बेपत्ता, उद्धारको प्रयास जारी
- देवानगञ्ज घटनामा मृतक परिवार र सरकारबीच ७ बुँदे सम्झौता
- पाँच दिनका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
- सरकार र चिकित्सकबीचको वार्ता मिल्यो, यस्तो छ सहमति
- ईपीएस आवेदनकर्ताको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
- पर्साका प्रहरी प्रमुख एसपी पाठक प्रहरी प्रधान कार्यालय तानिए, भट्टराईलाई जिम्मेवारी

ट्रेन्डिङ
खबरमुकाम







