हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चार उम्मेदवार विजयी भएका छन् । दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल, महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी, अन्यतर्फ कांग्रेसका जितजंग बस्नेत र अपांगता कोटाबाट सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी भएका हुन् ।
बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज विकले ३०५२ मत प्राप्त गरेका छन् ।
निर्वाचनमा पुडासैनी ६६२२ मतभारसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् ।
निर्वाचनमा बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् । निर्वाचनमा अधिकारी ६४३६ मतभारसहित विजयी भएका हुन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






