Dark

ललितपुरको सातदोबाटो र भैँसेपाटीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

 

काठमाडौं  । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । 

बैंकले ललितपुरं महानगरपालिका वडा नं. १५ मा सातदोबाटो शाखा र ललितपुर महानगरपालिका वडा नं. २५ मा भैंसेपाटी शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाहरुबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले नयाँ शाखाहरुको उद्घाटन गरेका हुन् । कार्यक्रममा सिइओ पाण्डेले नयाँ शाखाहरुबाट ग्राहकहरुलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु दिने बताए । बैंकले हालसालै बाराको सिमरा, काठमाडौंको शंखमुल र अनामनगरमा नयाँ शाखाहरु संचालनमा ल्याएकोे थियो । 

बैंकले हाल देशभरिमा २६६ शाखा, ६३ वटा एक्सटेन्सन काउन्टर, ११३ वटा शाखा रहित बैंकिङ र २५७ वटा एटीएम मार्फत सेवा प्रदान गरिरहेको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै