काठमाडौं । नेपाली सेनाले संगठन स्थापना दिवसका अवसरमा सैनिक मुख्यालय जंगी अड्डा परिसरमा तस्बिर र युनिट विशेष प्रदर्शनी आयोजना गरेको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सेनाको विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने तस्बिर, हातहतियार र उपकरण राखिएको उक्त प्रदर्शनीको आज एक समारोहबीच उद्घाटन गरे । प्रदर्शनी पाँच दिनसम्म चल्नेछ ।
प्रदर्शनी अवलोकनबाट सैनिकसम्बन्धी पोसाक, ब्यान्ड, हवाई सेवा, घोडचढी, जंगल र पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेनासम्बन्धी जानकारी प्राप्त हुनेछ ।
सेनाद्वारा सञ्चालित विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयलगायत गतिविधि र श्रव्यदृश्य सामग्रीको समेत प्रदर्शनीमा समेटिएको छ । आमनागरिकलाई सेनासम्बन्धी विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजित प्रदर्शनी अबलोकनका लागि यही माघ १३ गतेसम्म १० देखि अपराह्न ५ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था छ ।
प्रदर्शनीबाट सर्वसाधारण र विद्यार्थीलाई सेनाका विभिन्न गतिविधिबारे जानकारी लिन सजिलो हुनेछ ।
समारोहमा सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं प्रवक्ता कृष्णप्रसाद भण्डारीले सेनाको गौरवमय इतिहास र वर्तमानलाई समेटेर जिम्मेवारीका क्रममा गरेका मुख्य–मुख्य कामलाई समेटेर गरिएको प्रदर्शनीबाट हातहतियार, पोसाक र सम्बद्ध सैन्य सामग्रीबारे नागरिकलाई जानकारी प्राप्त हुने विश्वास व्यक्त गरे ।
यसैबीच, सोही अवसरमा नेपाली सेनाद्वारा आयोजित फोटो प्रतियोगितामा रामबाण गुल्म प्रथम, विशेष फौज वाहिनी दोस्रो र श्रीमेहर गण तेस्रो घोषित भए । प्रतियोगितामा १७ नम्बर वाहिनी, रणशेर गण, खड्गदल गण, भवानी बक्स गण, अर्जुनबाण, भगवती दल गण र सैनिक आवासीय महाविद्यालय पोखराले सान्त्वना पुरस्कार प्राप्त गरे ।
उक्त प्रतियोगितामा अन्तर्गत गैरसैनिकविधातर्फ सिद्धार्थ महर्जन प्रथम, सफल प्रकाश श्रेष्ठ द्वितीय र वर्षा शाह तृतीय भए । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






