सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादबले सोमबार राजविराज–१३, विषहरियामा मधेश प्रदेश कृषि विश्वविद्यालयको शिलान्यास गरेका छन् । जनमत पार्टीको विरोधकाबीच भएको उद्घाटन कार्यक्रममा जसपा अध्यक्ष यादवले एक लाइने भाषण गरेर मन्तव्य टुंग्याएका थिए ।
जनमतको विरोधकाबीच कृषि विश्वविद्यालयको शिलान्यास, शिक्षामन्त्री र सासंद अस्पताल भर्ना
प्रहरीको लाठीचार्जमा परेर घाइते भएका छन् । घाइते भएपछि जनमतका नेता एवम् मधेसका शिक्षामन्त्री यादव अस्पताल भर्ना भएका छन् ।
अध्यक्ष यादवले कार्यक्रममा विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारलाई धन्यवाद मात्रै भनेका थिए । मुख्यमन्त्री सरोजकुमार यादवले भने सक्दो चाँडो कृषि विश्वविद्यालय निर्माण हुने प्रतिबद्धता जनाएका छन् ।
औपचारिक कार्यक्रम भइरहेका बेला जनमत पार्टीका नेता कार्यकर्ताले पटक–पटक विरोध गर्दै मञ्चमा जाने प्रयास गरेका थिए । त्यसमा प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव समेत थिए ।
जनमतका कार्यकर्ताहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो । त्यसक्रममा भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको हो ।
जनमत र प्रहरीबीचको झडपमा परेर शिक्षामन्त्री यादब र प्रदेश सासंद सतिशकुमार सिंह लगायत जनमत पार्टीका एक दर्जन कार्यकर्ता घाइते भएका छन् । अहिले उनीहरुको गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । मन्त्री यादवको टाउकोमा चोट लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






