काठमाडौं । रौतहट, देवाही गोनाही नगरपालिकाका तत्कालिन मेयर धर्मेन्द्र प्रसाद पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । उनि पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । बिशेष अदातलले उनलाई शुक्रबार सफाइ दिएको हो ।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग पटेलले पाँच लाख घुस मागेको अख्तियारको दाबी थियो ।
दुई लाख ५० हजार नगद र दुई लाख ५० हजारको चेकसहित पक्राउ गरी अख्तियारले मुद्दा दायर गरेको थियो । आयोगले पटेलका सहयोगी अशोक प्रसाद पटेललाई समेत प्रतिवादी बनाएको थियो । दुवै जनाले सफाइ पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






