बझाङ । बझाङको सदरमुकाम चैनपुरमा पसलमा लागेको आगो निभाउन नगरपालिकाले लापर्बाही गरेको व्यापारीहरूले आरोप लगाएको छन् ।
जयपृथ्वी नगरपालिकाको दमकल समयमा नपुगेका कारण आगलागीबाट लाखाैँ क्षति भएकाे र अरू व्यापारी पनि असुरक्षित रहेकाे भन्दै व्यापारीहरुले आज बजार बन्द गराएका छन् ।
हिजो दिउँसो सदरमुकाम चैनपुरको मुख्य चोकमा रहेको ४८ वर्ष पुरानो तथा पहिलो कपडा पसलमा आगलागी भएर खरानी भएको थियो । आगलागी भएको आधा घण्टापछि मात्रै जयपृथ्वी नगरपालिकाको दमकल आगो निभाउन पुगेको थियो । पानी सकिएपछि भर्न गएको दमकल एक घण्टासम्म पनि आइपुगेको थिएन । तर दमकल आइपुग्ने बेलासम्म पसल नष्ट भइसकेको थियो । स्थानीयले खानेपानीको मुख्य पाइप लाइन तोडेर आगो निभाएका थिए ।

व्यापारी सनम सिंह ब्यासीको कपडा र किराना पसल रहेको घरमा करेन्ट सर्ट भई भएको आगलागीबाट करिब ६० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
उद्योग वाणिज्य सङ्घ बझाङका अध्यक्ष दानबहादुर सुर्मेलीले नगरपालिकाले विपद्सम्बन्धी तयारी नगरेका कारण आफूहरूको व्यवसाय पनि जोखिममा रहेको भन्दै बजार बन्द गराएको बताए । विपद् प्रतिकार्यका लागि प्रभावकारी व्यवस्थापन गर्न नगरपालिकालाई ज्ञापन पत्र दिने तयारी भइरहेको उनको भनाइ छ ।
दमकलमा फेरि पानी भर्नका लागि नजिकै पहुँच मार्ग नबनाउनु आफूहरूको कमजोरी रहेको र यो घटनाबाट पाठ सिक्दै आउँदा दिनमा यसो हुन नदिने जयपृथ्वी नगरपालिकाका मेयर चेतराज बजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






