काठमाडौं । सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार ३६.५७ अंकले बढेको सेयर बजार २०५९.४२ विन्दुमा पुगेर बन्द भएको छ ।
आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.२७ अंकले बढ्दै ३७७.२८ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आज ४ अर्ब ६७ करोड ५२ लाख २४ हजार रुपैयाँ बराबरका १ करोड ३७ लाख ९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ ।
आज म्युचुअल फन्ड बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक सबैभन्दा बढी ३.७२ प्रतिशतले वृद्धि भएको छ भने हाइड्रोपावर समूहको उपसूचक २.८१ प्रतिशतले, इन्भेष्टमेन्ट समूहको उपसूचक २.६१ प्रतिशतले, फाइनान्स समूहको उपसूचक २.५६ प्रतिशतले, डेभलपमेन्ट बैंक समूहको उपसूचक २.२८ प्रतिशतले बढेका छन् ।
यसैगरी होटल तथा पर्यटन समूहको उपसूचक १.६० प्रतिशतले बढ्दैगर्दा आज माइक्रोफाइनान्स समूहको उपसूचक १.१७ प्रतिशतले, निर्जीवन बीमा समूह १.४२ प्रतिशतले र ट्रेडिङ समूहको उपसूचक १.०१ प्रतिशतले बढेको छ । बैंकिङ समूहको उपसूचक आज ०.५९ प्रतिशतले बढेको छ । तर म्युचुअल फन्डको उपसूचक भने आज ०.०१ प्रतिशत (झिनो) ले घट्न पुगेको छ ।
आज ४ वटा कम्पनीको सेयर मूल्यमा सर्किट लाग्दा यता आजै मात्र दोस्रो बजारमा कारोबार सुरु भएको हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीले दोस्रो बजारमा कारोबारको सुरु मूल्य ३०९ रुपैयाँ पाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रतिनिधिसभा बैठक आज, चार संसदीय समितिमा पनि छलफल
- पहिलो विदेश यात्रामा प्रधानमन्त्री शाह, संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने


ट्रेन्डिङ
खबरमुकाम






