काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला–गगन थापा पक्षले राष्ट्रियसभा सदस्य निर्वाचनमा आफ्नो पक्षका ४ जना उम्मेदवार हुनुपर्ने माग गरेको छ ।
आज आइतबार शेखर गगन पक्षको भेलाले सत्ता गठबन्धनको भागबण्डामा पार्टीले पाएको १० सिटमध्ये ४ सिटमा आफू पक्षको उम्मेदवार हुनुपर्ने बताएका हुन् । उक्त भेलापछि संस्थापन इतर पक्षका एक नेताले भने, ‘१० जनाको कुरा आइरहेको छ, ४ जना हामीलाई चाहिन्छ भन्ने हो ।’
यो विषय आइतबार नै बस्ने पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा राख्ने भन्दै ती नेताले यदि सन्तुलित हिसाबले उम्मेदवार चयन नभए निर्णयमा फरक मत राख्ने बताए ।
संस्थापन इतर पक्षले यसअघि १४ पुसमा पार्टी केन्द्रीय समितिले तय गरेको मापदण्ड पालना हुनुपर्ने पनि माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






