जुम्ला । हिमाली जिल्ला जुम्लामा वर्षा र हिमपात नहुँदा हिउँदेबाली लगाउन अझै पाइएको छैन । हिउँदयाममा पानी नपरेकाले हिउँदे बालीअन्तर्गत गहुँ र जौकोखेती लगाउन नपाइएकोे तिला गाउँपालिका–१ किसान जयबहादुर बुढाले जानकारी दिए ।
आकाशे पानीकाभरमा रहेका रारावासी समयमा वर्षा नहुँदा हिउँदेखेती गर्न नपाइएला भन्ने चिन्ताले सताएको सोही ठाउँ निवासी सपुरा रावतको गुनासो थियो । सिँचाइ सुविधा नहुँदा राराका करिब दुई सय ८० घरले हिउँदेबाली लगाउन नपाएको वडाध्यक्ष जङ्गबहादुर बस्नेतले जानकारी दिए । गाउँमा रोजगारीको सम्भावना नहुँदा घरखर्च चलाउनका लागि भारत जानेको रारा गाउँका सङ्ख्या धैरे रहेको उनको भनाइ ।
हिउँदयाम लागे पनि वर्षा र हिमपात हुन सकेको छैन । जिल्लाका कतिपय ठाउँमा पानी नपर्दा किसानले हिउँदेबाली लगाउन नसकेको कृषि विकास कार्यालयका सूचना अधिकारी शेरबहादुर भण्डारीले बताए ।
हिउँदमा यहाँका उच्च ठाउँमा लगाइएका खेतीमा वर्षा नहुँदा बाली सुक्न थालेको सम्बद्ध किसानले बताए । जुम्लामा सबैभन्दा चिसो माइनस छ दशमलव छ डिग्री सेल्सियस तापक्रम रहेको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।
गत वर्ष पुसको अन्तिम साता हिमपात भएकामा यस वर्ष वर्षा र हिमपात नभएपछि यहाँका किसानले लगाएको हिउँदेबालीको उत्पादनमा कमी आउने तातोपानी गाउँपालिकाका किसान सुनिता पाण्डेले जानकारी दिए ।
हिउँदेबाली लगाउने समयदेखि खडेरीका कारण लगाइएको बालीसमेत सुक्न थालेको छ । लामो समयसम्म परेको खडेरीले जिल्लामै गहुँ, जौलगायत बालीको उत्पादनमा निकै कमी हुने सिञ्जा गाउँपालिमा रहेको कृषि शाखाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






