जेरुसेलम । इजरायली सेनाले बिहीबार इजरायलमा रहेको गोलान हाइट्सको एलियाड नजिकै ड्रोन दुर्घटना भएको जनाएको छ । आक्रमणको हमास लडाकूसमूहसँग सम्बन्ध रहेको इराकी सशस्त्र समूहले आक्रमणको जिम्मेवारी लिएको छ ।
इजरायली सञ्चारमाध्यमका अनुसार सिरियाबाट प्रक्षेपण गरिएको विस्फोटक पदार्थ बोकेको ड्रोन बुधबार साँझ एलियाड बस्तीको दक्षिणमा खसालिएको थियो ।
इरान समर्थक सशस्त्र समूहहरूको कमजोर समूह इस्लामिक रेजिस्टेन्स इन इराकले वक्तव्य जारी गर्दै एलियाडको दक्षिणमा रहेको ‘महत्वपूर्ण लक्ष्य’ मा ‘उपयुक्त हतियार’ प्रहार गरेको जनाएको छ ।
इजरायलले अक्टोबर ७ मा एक हजार १४० जनाको ज्यान जाने गरी भएको रक्तपातपूर्ण आक्रमणको बदलामा हमासलाई नष्ट गर्ने आफ्नो अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।
हमासको नियन्त्रणमा रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार इजरायलको बमबारी र स्थलआक्रमणमा परी कम्तीमा २१ हजार ११० जनाको मृत्यु भएको छ, जसमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
गाजामा युद्ध सुरु भएदेखि इराकमा इस्लामिक रेजिस्टेन्सले इराक र सिरियामा अमेरिकी र अन्तर्राष्ट्रिय गठबन्धन सेनाविरुद्ध भएका थुप्रै आक्रमणको जिम्मेवारी लिएको छ ।
वासिङ्टनले अक्टोबर १७ यता इराक र सिरियामा आफ्ना सेनाविरुद्ध १०३ वटा आक्रमण गरेको अमेरिकी सेनाका एक अधिकारीले बताएका छन् ।
तीमध्ये अधिकांश आक्रमणको जिम्मेवारी इराकमा इस्लामिक रेजिस्टेन्सका समूहले लिएका छन् । उक्त समूहले हमासविरुद्धको युद्धमा इजरायललाई अमेरिकी समर्थनको विरोध गरेको छ ।
यस समूहले अहिलेसम्म इजरायली हितविरुद्ध प्रत्यक्ष आक्रमणको दाबी गरेको छ ।
इजरायलले सन् १९६७ को अरब–इजरायल युद्धमा सिरियाबाट गोलान हाइट्सको केही भाग जितेको थियो भने सन् १९८१ मा उक्त क्षेत्र कब्जा गरेको थियो । उक्त क्षेत्रमा युद्ध गरेका ती मुलुकबचि युद्धविराम गर्दै शान्तिका लागि सम्झौता गरेका थिए । यद्यपि, यो सम्झौतालाई संयुक्त राष्ट्रसङ्घले मान्यता दिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






