भक्तपुर । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ। सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन, परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।
भक्तपुरको खौमास्थित ख्वपक्षेँमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए । उनले एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउन म्युजिक फेस्टिवल हुन लागेको बताए ।
‘हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै यससँगै परम्परागत गीत‚ सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा छौँ‚’ उनले भने ।
यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए। योमरी पून्हीको दिन साँझ ४ बजेदेखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए ।
हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिन उक्त कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






