काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखिएको छ । आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा पेशी तोकिएको मुद्धाको सुनुवाइ नसकिएकाले अर्को दिनको लागि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए । सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि प्रतिरक्षामा बहस गर्ने तालिका छ । प्रतिरक्षामा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमणकुमार श्रेष्ठ, कृष्ण सापकोटा र सबिता भण्डारी तथा अधिवक्ताहरु सरोजकृष्ण घिमिरे, रोशनी पौडेल र मुरारी सापकोटाले बहस गर्ने भएका छन् ।
मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय हुनेछ । सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ ।
पीडित किशोरीको उमेर १८ वर्ष कम भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






