काठमाडौं । धनुषाको हँसपुर नगरपालिका वडा नं. ५ सुगा निकासमा रहेको ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागि २ जना घाइते भएका छन् । स्थानीयको कुटाईले घाइते भएका व्यक्तिको प्रहरीको कुटाईबाट निधन भएपछि आक्रोसित स्थानीय प्रहरी चौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
झडपको क्रममा भीडलाई हटाउन प्रहरीले गरेको हवाई फायरको क्रममा दुई जनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते भएका अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ भने अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो । प्रहरीको गोली लागेर दुईजनासहित झडपमा परी तीनजना घाइते भएको स्थानीयले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार आक्रोशित स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीऊपर आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रुपमा जलाइदिएको र नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
स्थानिय दीपा मण्डललाई स्थानीयबीचको विवादको क्रममा पकाउ गरी ईलाका प्रहरी कार्यालयमा लगिएका बेला प्रहरी स.ई. तुलानन्द ठाकुरको पिटाईबाट मण्डलको संवेदनशिल अंगमा चोट लागेको थियो । उपचारको क्रममा उनको मृत्यु भएको स्थानीयले जनाएको छ । घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ भने घाइते मण्डललाई थप उपचारकालागि काठमाडौं रिफर गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- मःमःमा कपाल भेटिएपछि कारबाही, २० हजार तिराइयो
- गोपालमान श्रेष्ठको निधनमा कांग्रेसले तीन दिन शोक मनाउने
- आज देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी
- व्यवसायी शेखर गोल्छालाई एक करोड धरौटीमा छाड्न अदालतको आदेश
- नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बोलायो
- नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन
- प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो
- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

ट्रेन्डिङ
खबरमुकाम







