नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राज्य अमेरिकामा शिख ‘पृथकतावादी’ नेताको हत्याको षडयन्त्रबारे उपलब्ध गराइएको कुनै पनि प्रमाणको अनुसन्धान गर्ने बताएका छन् ।
अमेरिकी न्याय विभागले गत महिना एक भारतीय नागरिकमाथि अमेरिकी भूमिमा एक शिख नेताको हत्याको षडयन्त्र रचेको आरोप लगाएको थियो ।
प्रधानमन्त्री मोदीले यस विषयमा आफ्नो पहिलो टिप्पणीमा भन्नुभयो, “यदि हाम्रो नागरिकले केही राम्रो वा नराम्रो काम गरेको छ भने हामी त्यसलाई हेर्न तयार छौं । हाम्रो प्रतिबद्धता विधिको शासनप्रति हो ।”
यसअघि भारतीय विदेश मन्त्रालयले ’यस मामिलाका सबै सान्दर्भिक पक्षहरूको अध्ययन गर्न’ ‘उच्चस्तरीय’ छानबिन समिति गठन गरेको बताएको थियो ।
नोभेम्बर २९ मा अमेरिकी न्याय विभागले न्युयोर्क शहरमा भारतीय मूलका अमेरिकी नागरिक ५२ वर्षीय निखिल गुप्ताविरुद्धको हत्या गर्ने असफल योजनामा संलग्नताको आरोप सार्वजनिक गरेको थियो ।
न्याय विभागका अनुसार हत्यामा संलग्न व्यक्ति ‘भारत सरकारको मुखर आलोचक हुन् र उनि अमेरिकास्थित शिख समुदायको सङ्गठनको नेतृत्व गर्छन । उनले उत्तरी भारतीय राज्य पञ्जाबलाई अलग गर्ने पक्षमा वकालत गर्छन ।
भारतमा बस्दै आएका गुप्तालाई चेक रिपब्लिकका अधिकारीहरूले अमेरिकी सुपुर्दगी आदेशअन्तर्गत पक्राउ गरेका थिए । ह्वाइट हाउसले संयुक्त राज्य अमेरिकामा एक शिख पृथकतावादीको हत्या गर्ने कथित षडयन्त्रलाई ‘अत्यन्त गम्भीरताका साथ’ हेरिरहेको र भारत सरकारसँग यो मुद्दा उठाएको बताएपछि मोदीको यो टिप्पणी आएको हो ।
सोही दिन फाइनान्सियल टाइम्सले अमेरिकी र क्यानडेली नागरिक गुरपतवन्त सिंह पन्नुनको हत्याको षडयन्त्र असफल पारेको समाचार प्रकाशित गरेको थियो ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सेप्टेम्बरमा क्यानडाका नागरिक हरदीप सिंह निज्जरको हत्यामा नयाँ दिल्लीलाई जोडेपछि क्यानडा र भारतबीच ठूलो कूटनीतिक विवाद भएको थियो ।
नयाँ दिल्लीले क्यानडाको आरोपलाई ‘बेतुकको’ आरोप मात्रै भएको बताएको छ । मोदीले फाइनान्सियल टाइम्ससँग भनेका छन्, “भारत विदेशमा रहेका केही अतिवादी समूहका गतिविधिप्रति निकै चिन्तित छ ।”
“अभिव्यक्ति स्वतन्त्रताको आडमा यी तत्वहरुले धम्की दिने र हिंसा भड्काउने काम गरेका छन्,” उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बाजुरामा ब्रेक फेल हुँदा बस दुर्घटना, २४ जना घाइते
- रास्वपाको महाधिवेशनमा ४ हजार २११ प्रतिनिधि, बागमतीबाट सबैभन्दा बढी
- रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेनको सम्बोधन रहने
- रास्वपा महाधिवेशनमा विद्युतीय मतदान, विदेशमा रहेका प्रतिनिधिले एपबाटै मत हाल्न पाउने
- इजरायल–हिजबुल्लाबीच पनि युद्धविराम, तनाव भने कायमै
- लगातार दोस्रो हारसँगै टर्की विश्वकपबाट बाहिरियो
- रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनः शीर्ष नेताहरु पुगे चितवन
- सहकारी ठगी बाहेकका रवि लामिछानेका मुद्धा सबै अदालतबाट फिर्ता



ट्रेन्डिङ
खबरमुकाम







