काठमाडौं । सर्वोच्च अदालतका लागि न्याय परिषद्बाट सिफारिस भएका ६ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मतिबाट अनुमोदन गरेको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्बाट सिफारिस भएको थियो ।
उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो ।
न्यायपरिषद्को सिफारिसपछि उनीहरूबारे गत मंसिर २४ गतेदेखि संसदीय समितिमा सुनुवाइ अघि बढेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






