काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सचिवालय बैठक बोलाउने तयारी गरेको छ । मंसिर १४ गतेदेखि पुस १ गतेसम्म मध्यपहाडी क्षेत्र अन्तर्गत ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ गरेको एमालेले त्यसको समिक्षा गर्न सचिवालय बैठक बोलाउन लागेको हो ।
एमालेले गरेको मध्यपहाडी लोममार्ग अन्तर्गतको यात्राका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली आफैंले नेतृत्व गरेका थिए । लोकमार्ग अन्तर्गतका २६ वटा जिल्लामा एमालेले संकल्पयात्रा गरेको हो ।
यात्राका क्रममा एमाले नेतृत्वले मध्य पहाडका जनताका समस्या, गुनासा र सम्भावनाबारे अध्ययन गरेको बताएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी छलफल भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






