काठमाडौं । सर्वोचच अदालतले एनसेलको सेयर खरिदबिक्री विवाद प्रकरणमा अन्तरिम आदेशको छलफलका लागि पुस १६ गते दुबै पक्षलाई बोलाएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।
एनसेलको सेयर खरिदबिक्रीमा घोटाला भएको भन्दै प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटको सुनुवाइ लामो समयदेखि हेर्न नभ्याउनेमा पर्दै आएकोमा आज भने न्यायाधीश राउतको इजलासमा पेशीमा चढेको थियो । अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले उक्त इजलासबाट पुस १६ गतेका लागि दुबै पक्षलाई बोलाएको जानकारी दिए ।
अधिवक्ता पौडेलले दिएको जानकारी अनुसार १६ गते दुबैपक्षलाई बोलाएर छलफल भएपछि अन्तरिम आदेश दिन पर्ने या नपर्ने भन्ने निक्र्योलमा सर्वोच्च अदालत पुग्नेछ । मंगलबार रिट निवेदक सिंहलेसमेत बहस गरेका थिए ।
यसअघि मङ्सिर २४ गतेदेखि लगातार हेर्न नभ्याइनेमा परेको सिंहको रिट मङ्सिर पुस १ गते भने रिट निवेदककै कानुन व्यवसायीले स्थगित गराएका थिए । पुस २ गते सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको रिट बेञ्च बस्न नभ्याएर स्थगितमा परेको थियो ।
सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- नाडाद्वारा बाढीपीडितका लागि राहत सामग्री वितरण, उद्धार कोषमा १० लाख सहयोग
- रुकुम पश्चिममा २१ मेगावाटको जल्दीगाड जलविद्युत आयोजना निर्माण हुने
- सामसङ नेपालको दशैं–तिहार अफर : दैनिक ३१ र साप्ताहिक ८ जनाले उपहार जित्ने
- सिटिजन्स बैंकको सुदूरपश्चिममा रणनीतिक समीक्षा कार्यक्रम सम्पन्न
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा


ट्रेन्डिङ
खबरमुकाम






