काठमाडौँ । समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ ।
मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरेका छन् ।
मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रबिक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत नेताविरुद्ध भएको पक्राउ पूर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आबद्ध छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- राष्ट्रिय वाणिज्य बैंकको कर्पोरेट शाखामा सन्ध्याकालीन काउण्टर सेवा
- यी कलाकारले सेप्टेम्बर २५ मा कोरिया गुञ्जाउने
- सुशासनको नारामाथि प्रश्नः अख्तियारको छानबिनमा रहेका कालाखेतीलाई नेपाल एयरलाइन्सको नेतृत्व
- विदेशमा कार्यरत नेपालीको सामूहिक बचतबाट सुरु भएको बीजी ग्रुप सेयर बजारमा आउने तयारीमा
- काठमाडौंमा हुँदैछ PMGO South Asia Finals 2026, दर्शकका लागि पनि विशेष एक्सपेरियन्स जोन
- अन्तर्राष्ट्रिय पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदार बन्यो भायानेट
- बाढी–पहिरो प्रभावित ४०० परिवारलाई ११ लाख रुपैयाँ बराबरको राहत
- रसुवाको भोटेकोशी बाढीः ४ हजारभन्दा बढी बेपत्ता, ९ हजार २८७ जनाको उद्धार


ट्रेन्डिङ
खबरमुकाम






